काठमाडौं । समस्याग्रस्त सहकारी संस्थाहरूका ८ हजार ऋणीहरूको जनखाता र अचल सम्पत्ति रोक्का गरिएको छ । समस्याग्रस्त सहकारीका ऋणीहरूले लिएको ऋण पटक पटक ताकेता गर्दा समेत नतिरेपछि सरकारले उनीहरूको जनखाता र अचल सम्पत्ति रोक्का गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बिहीबार पत्रकार सम्मेलन मार्फत मार्फत उक्त जानकारी गराउनुभएको हो । उहाँका अनुसार ८ हजार ऋणी सदस्यहरूको खाता र अचल सम्पत्ति रोक्का गर्ने कार्य भएको छ । समस्याग्रस्त घोषित सहकारी संस्थाहरूका ऋणीहरूबाट २९ करोड ऋण असुल भएको छ । पाँच वटा मार्ट व्यवस्थापन भएको छ । सहकारी संस्थाका ४८ सेवा केन्द्रको व्यवस्थापन भएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालय मार्फत बचतकर्ता र ऋणीबिच हिसाब मिलान गरी ३ अर्ब ७१ करोडको दायित्व मिलान भुक्तानी फरफारक गरिएको छ ।
सहकारी विभाग मार्फत ४० वटा सहकारी संघ संस्थाको सघन अनुगमन गरी देखिएका कमी कमजोरी सुधारका लागि निर्देशन दिइएको छ । कोपोसिम प्रणालीमा आर्थिक वर्ष २०८१/८२ मा एक हजार ४९३ गरी हालसम्म १९ हजार १८९ सहकारी संस्थाहरू आबद्ध भएका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com