Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सौर्य एयरलाइन्स दुर्घटनामा दिवगंतहरुको स्मरणमा पितृमुक्ति ज्ञान महायज्ञ

सौर्य एयरलाइन्स दुर्घटनामा दिवगंतहरुको स्मरणमा पितृमुक्ति ज्ञान महायज्ञ

काठमाडौं । गत वर्ष भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी दिवगंत भएकाहरुको सम्झनामा पशुपतिमा पितृमुक्ति ज्ञान महायज्ञ-२०८२ आयोजना गरिएको छ । गत वर्ष साउन ९ (२४ जुलाई २०२४) गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको धावनमार्ग नजिकै दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको जहाजमा परी दिवंगत भएका १८ जनाको सम्झनामा पशुपतिमा पितृमुक्ति ज्ञान महायज्ञ २०८२ आयोजना गरिएको हो ।

साउन १ गतेबाट शुरु भई साउन ७ गते सम्म चल्ने यज्ञमा प्रतिष्ठित वाचकहरुबाट पुराण वाचन भैरहेको छ । महायज्ञमा दिवगंत अठार जनाकै परिवारजनको सहभागिता छ भने धेरै जसो त कर्ताका रुपमा समेत रहनुभएको आयोजक सौर्य एयरलाइन्सले जनाएको छ ।

मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको ९एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा १८ जनाको दुःखद मृत्यु भएको थियो भने पाइलट मनीष शाक्य जीवितै उद्धार गरिएको थियो।

यसैबीच, उक्त दुर्घटनाका सम्बन्धमा विस्तृत अध्ययन, अनुसन्धान र विश्लेषणपछि प्रतिवेदन तयार पार्न गठित जाँचबुझ आयोगले आजै आफ्नो प्रतिवेदन तालुकदार मन्त्रालयका मन्त्री बद्री पाण्डेलाई बुझाएको छ । दुर्घटना भएको दिननै सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले सुझावहरु कार्यान्वयन गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार