Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

समृद्धि र पोखरा फाइनान्सबिच मर्जर सम्झौता, पोखरा फाइनान्सको नाममा एकीकृत कारोबार गर्ने

समृद्धि र पोखरा फाइनान्सबिच मर्जर सम्झौता, पोखरा फाइनान्सको नाममा एकीकृत कारोबार गर्ने

काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने भएका छन्। पोखरा मुख्य कार्यालय रहेको पोखरा फाइनान्स र हेटौँडा मुख्य कार्यालय रहेको समृद्धि फाइनान्सले आज पोखराको होटल ल्याण्डमार्क लेकसाइडमा मर्जरसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

मर्जरपश्चात यी दुई फाइनान्सले पोखरा फाइनान्सको नाममा एकीकृत कारोबार गर्ने भएका छन्। यी दुई फाइनान्स कम्पनीहरु १ बराबर १ को शेयर स्वाप रेशियोमा मर्ज हुन लागेका हुन्। मर्जरपश्चात कम्पनीको केन्द्रिय कार्यालय काठमाडौँमा रहने बताइएको छ।

अहिले पोखरा फाइनान्सका २४ वटा शाखा छन् । उक्त फाइनान्ससँग हाल १ अर्ब ८ करोड चुक्ता पुँजी रहेको छ भने प्रतिशेयर नेटवर्थ ४८.७५ रुपैयाँ रहेको छ । पोखरा फाइनान्स तेस्रो त्रैमाससम्म प्रतिशेयर ८ रुपैयाँ नाफामा रहेको थियो । 

त्यस्तै, समृद्धि फाइनान्ससँग हाल ८१ करोड ८९ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । उक्त कम्पनीको विभिन्न स्थानमा गरी १४ वटा शाखा रहेका छन् । गत चैत मसान्तसम्म उक्त फाइनान्सको नेटवर्थ ५३.६३ रुपैयाँ रहेको थियो । समृद्धि फाइनान्स भने नोक्सानीमा चल्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार