Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

आज साउनको पहिलो सोमबार, बोल ऊँ शुरु

आज साउनको पहिलो सोमबार, बोल ऊँ शुरु

काठमाडौं।  हिन्दु धर्मावलम्बी नारीहरूले भगवान् शिवको पूजा आराधना गरी साउनको पहिलो सोमबार मनाउँदै छन्। साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरू शिव मन्दिरमा गएर पूजाआजा गर्ने गर्दछन्। खासगरी आज पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर महादेव आदि मन्दिरमा विशेष भीड हुने गर्दछ। 

महिलाहरूले हरियो रंगका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने चलन छ। साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ। त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरूले रातो, हरियो र पहेँलो वस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा आराधना गर्दछन्।

दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। त्यसैगरी कहिलेकाहिं गरिने उपवास स्वास्थ्यको लागि पनि लाभदायक हुने चिकित्सकहरु बताउँदछन् । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरूले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

आजैबाट बोल ऊँ महोत्सव पनि शुरु भएको छ । महोत्सव अवधिभर विभिन्न शिवालयहरुमा दर्शनका लागि भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार