बागलुङ । श्रावण महिनाको पहिलो सोमबारको अवसर पारेर बागलुङ नगरपालिका–९, शिवपुरी तित्याङस्थित आशापुर्णेश्वर महादेव मन्दिरमा भव्य कलश यात्रा सम्पन्न गरिएको छ । शिवालय मन्दिर व्यवस्थापन तथा संरक्षण समितिको आयोजना र चारतारे युवा क्लब सिवाईसी नेपालको व्यवस्थापनमा आयोजना गरिएको उक्त धार्मिक यात्रामा करिब २०० भन्दा बढी भक्तजनहरूको सहभागिता रहेको थियो ।
हिन्दू धर्म अनुसार श्रावण महिना भगवान शिवको आराधना र उपासना गर्ने विशेष समय मानिन्छ । त्यसै अवसरमा कलश यात्रा टोली बिहानै आशापुर्णेश्वर महादेव मन्दिर परिसरबाट भजन–कृतनसहित बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित पवित्र कालिगण्डकी नदीको किनारमा पुगेको थियो । त्यहाँबाट कलशमा जल भरेर मन्दिर फर्किएको र महादेवको मूर्तिमा जल अर्पण गरिएको थियो ।
कार्यक्रमबारे जानकारी दिँदै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले कालिगण्डकी नदीको जललाई पवित्र मानेर प्रत्येक वर्ष साउन महिनामा यसरी कलश यात्रा गरिने बताउनु भयो । उहाँले बागलुङ बजार नजिकै रहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको आशापुर्णेश्वर मन्दिरको संरक्षण तथा प्रवर्धनका लागि यस प्रकारका कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कलश यात्राको क्रममा सहभागी भक्तजनहरूले भजन, पूजाआजा, र शिव महिमा आराधनामा पूर्ण श्रद्धापूर्वक दिन बिताएका थिए । यस प्रकारका सांस्कृतिक र धार्मिक क्रियाकलापले समाजमा आस्था, एकता र परम्पराको जगेर्नामा योगदान पुर्याउने आयोजकले उल्लेख गरेका छन् ।
यसै सन्दर्भमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिरमा निर्माणधिन सत्तलका लागि ५० हजार रुपैयाँको चेक मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । चेक हस्तान्तरण संस्थाका सञ्चालक लक्ष्मण खड्का र प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले मन्दिर व्यव्स्थापन समतिलाई गर्नुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com