Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

२०८२ साल ‘नगरकोट भ्रमण वर्ष’का रूपमा मनाइदै

२०८२ साल ‘नगरकोट भ्रमण वर्ष’का रूपमा मनाइदै

भक्तपुर । २०८२ साल ‘नगरकोट भ्रमण वर्ष’का रूपमा मनाइदैछ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिकाभित्र पर्ने उक्त क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले भ्रमण वर्षको रूपमा मनाउन लागेको नगर प्रमुख जीवन खत्रीले जानकारी दिए ।

नगरपालिकाले २०८१ सालमै कार्यक्रम आयोजना गरी यसबारे जानकारी गराएको थियो ।  नगर प्रमुख खत्रीले त्यसका लागि यो क्षेत्र अन्तर्गतका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको मर्मतसम्भार, स्तरोन्नतिका कार्यका लागि योजना बनाइएको बताए । उनले पर्यटन वर्षलाई समेत ध्यानमा योजना बनाइको बताए । संघीय सरकारको कार्यक्षेत्र अन्तर्गत रहेको नगरकोट–कमलविनायक सडकखण्ड समयमै मर्मत नहुनाले नगरकोट जाने पर्यटकलाई असहज भइरहेको गुनासो समेत गरे ।  २०८१ असोज ११ र १२ गतेको अविरल वर्षाका कारण चाँगुनारायण नगरपालिकामा भएका भौतिक क्षतिको पुनर्निर्माण गर्न बजेटको १० प्रतिशत रकम कटाएर विपद् व्यवस्थापनका लागि कोषमा जम्मा उनको भनाइ छ ।

नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले क्षेत्रभित्रका जनताको स्वास्थ्य सेवाका लागि नगरपालिकाले चाँगुनारायण नगर अस्पताल निर्माण सम्पन्न गरे पनि संघीय सरकारबाट अझै स्वीकृति नपाएको गुनासो गरे । सबै मापदण्ड पुरा गर्दा पनि सरकारले नै स्वीकृति दिन ढिलाइ गरिरहेका कारण स्थानीयको उपचारमा समस्या भएको उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार