काठमाडौं । मुलुकको पहिलो सहकारीका संस्थापक बखानसिंह गुरुङको जीवनीका विविध आयाम समेटिएको पुस्तक ‘बखान’ प्रकाशनको सम्मुख रहेको छ । पत्रकार वसन्त पराजुलीले गुरुङको जीवनका इन्द्रेणी पाटाहरुलाई पुस्तकमा समेट्नुभएको जनाइएको छ । प्रकाशक शिखा बुक्सले पुस्तक केही दिनमा बजारमा आउने जनाउँदै कभर सार्वजनिक गरेको छ ।
बखानसिंह गुरुङको पहलमा स्थापना गरिएको बखान ऋण सहकारी समिति हाल बखान बहुउद्देश्यीय सहकारीका रुपमा चितवनको शारदानगरमा सञ्चालनमा छ । यसैगरी, सहकारीको इतिहास तथा सहकारी पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले बखानसिंह गुरुङको नाममा बखान संग्रहालय पनि निर्माणको काम धेरै वर्ष पहिले शुरु भएपनि बजेट अभावका कारण हालसम्म पुरा हुन नसकेको बखान सहकारीले जनाएको छ ।
राणा शासन र पञ्चायतविरुद्ध लड्नुभएका गुरुङले आफ्ना दुई जवान छोरा गुमाउनुभएको थियो । तनहुँको पुलिमराङबाट चितवन झर्नुएका गुरुङले २०१३ साल चैत २० गते मुलुककै पहिलो सहकारी संस्थाको रुपमा बखान ऋण सहकारी समिति स्थापना गर्नुभएको थियो । बखानसिंह गुरुङको अवधारणा र अगुवाइमा स्थापना भए पनि उक्त सहकारीको अध्यक्ष भने सबैको आग्रहमा सुवेदार खड्गसिंह गुरुङले गर्नुभएको थियो । सुवेदार भीमसेन (भिसा) गुरुङ र जमदार मेघराज गुरुङ सचिव रहेको सहकारीका कोषाध्यक्ष मोहनसिंह गुरुङ हुनुहुन्थ्यो । मुखिया तेजवीर गुरुङ र कृष्णबहादुर गुरुङ सदस्य रहेको सहकारी दर्ता गर्ने सहकारी अधिकारी भने सर्वदेव बर्मा रहेको इतिहास छ । ६० जना सदस्य संख्या रहेको उक्त संस्थाको सुरुवात िसेयर पुँजी ६०० रुपैयाँ रहेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com