Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
संस्कृति संरक्षण

मटिहानीस्थित गुरुकुलका वटुकहरुको स्वास्थ्योपचारका लागि पाँच लाखको अक्षयकोष

मटिहानीस्थित गुरुकुलका वटुकहरुको स्वास्थ्योपचारका लागि पाँच लाखको अक्षयकोष

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै जेठो विद्यालय मानिएको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल) का वटुकहरुको स्वास्थ्योपचारका लागि रु पाँच लाखको अक्षयकोष घोषणा गर्नुभएको छ । हिजो मटिहानीमा गुरुकूल अवलोकन गर्नुभएका प्रधानमन्त्रीले यस्तो घोषणा गर्नुभएको हो ।

गुरुकूलले प्राचीन भाषा र संस्कृतिको जगेर्नामा योगदान दिनुपर्ने प्रधानमन्त्रीले बताउनुभयो । वटुकहरूको स्वास्थ्योपचारका लागि अक्षयकोष खडा गर्न सल्लाह दिँदै प्रधानमन्त्रीले रु पाँच लाख सहयोगको घोषणा गरेको प्रधानाध्यापक ईश्वरी पौडेलले जानकारी गराउनुभयो ।

विसं १७७५ मा स्थापना भएको उक्त गुरुकूलमा बालगुरु षडाननले पनि शिक्षा लिनुभएको अभिलेखबाट देखिन्छ । पहिले ब्राह्मणहरूका लागि मात्र पठनपाठन गरिने यस विद्यालयमा अब सबै जातजातिका विद्यार्थी पढ्न पाउँछन् । वटुकहरूले रुद्राभिषेक पाठ गर्दै प्रधानमन्त्रीको स्वस्तिवाचन गर्नुभएको थियो ।
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार