Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

'भूमि सम्बन्धित विषय सम्बोधन नभएसम्म खाद्य सुरक्षा सुनिश्चत हुँदैन'

'भूमि सम्बन्धित विषय सम्बोधन नभएसम्म खाद्य सुरक्षा सुनिश्चत हुँदैन'

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव राम कृष्ण श्रेष्ठले भुमिसँग सम्बन्धित कुरालाई सम्बोधन नगरे देशमा खाद्य सुरक्षाको सुनिश्चितता नरहने बताएका छन् । बुधवार कृषि नीति २०८१ को मस्यौदामाथि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले खेतियोग्य जमिन नभएको र भएकाको वर्गिकरण हुन नसकेको बताएका हुन् ।

उनले भने, ‘हामी जवसम्म भुमिसँग सम्बन्धित कुरालाई सम्बोधन गर्दैनौ यो देशमा खाद्य सुरक्षाको सुनिश्चता देखिदैन । भुमि व्यवस्था मन्त्रालयले अहिले पालिकाहरुमा खेतियोग्य जमिन कति छ भन्दा योग्य भुमि छैन भन्ने आयो । सबै पालिकाहरुमा भु उपयोगको नक्सा तयार भएपनि वर्गिकरण भएका छैनन् ।’

 
उनले कृषिमा उचित बजेट विनियोजन गरी पर्यावरणीय कृषिमा ध्यान दिनुपर्ने बताए । ‘हाम्रो प्राकृतिक स्रोत, माटो, पर्यावरण नै हो । यसको विकल्प छैन । पर्यावरणीय कृषिमा ध्यान नदिदा किसानहरु आफ्नो थाकथलोबाट विस्थापित हुनुपरेको छ ।’ उनले भने ।
 

यस्तै, खाद्यका लागि कृषि अभियानका अभियान्ता उद्धव अधिकारी खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन कार्यान्वयनमा जादा खर्च बढि हुने भन्दै कार्यान्वयनमा नगैदिए हुने बताए।

‘हाम्रो चालु आर्थिक वर्षकोे बजेट लगभग १८ खर्ब र त्यसलाई संशोधन गरेर १६/१७ मा ल्याएको जस्तो लाग्छ त्यसभित्र झण्डै चार खर्ब सामाजिक क्षेत्रमा अर्का चार खर्ब विदेशी ऋणहरुमा खर्च गर्न पर्ने अवस्था छ यसले कृषिमा लगानी थपिने देखिदैन । हामीले कृषिमा व्यवसायीकरण, औद्योगिकरणको कुरा गर्दा स्रोत अभाव कै कारण खाद्य सम्प्रभुता ऐन बनिरहेको छ । त्यो ऐन कार्यान्वयनको सवालमा सबैको मुटु कापिरहेको छ । यसले खर्च बढाउछ त्यो कार्यान्वयनमा नगैदिए हुन्थो भन्ने सरकारी संयन्त्रमा देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार