Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

साहित्यिक पत्रकार संघले विशिष्ट व्यक्तित्वहरुलाई अभिनन्दन गर्ने

साहित्यिक पत्रकार संघले विशिष्ट व्यक्तित्वहरुलाई अभिनन्दन गर्ने

काठमाडौं । साहित्यिक पत्रकार सङ्घले वरिष्ठ आख्यानकार पुष्कर लोहनी, गैरआवासीय नेपाल संघका अभियन्ता साहित्यकार भीम उदास, नायिका भुवन चन्द, वरिष्ठ चित्रकार मुकेश मल्ल र वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठलाई अभिनन्दन गर्ने भएको छ । 

अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा बसेको संघको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।  संघको ५४ औं स्थापना दिवसको अवसरमा उक्त अभिनन्दन गरिने जानकारी गराइएको छ । साहित्यिक पत्रकार संघले विगत ५३ वर्षदेखि साहित्यिक पत्रकारिता, साहित्य, कला, संस्कृति आदिका क्षेत्रमा योगदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार