काठमाडौं । साहित्यिक पत्रकार संघको ५४ औं स्थापना दिवसमा विभिन्न विधाका ६ व्यक्तित्व अभिनन्दित हुनुभएको छ । वरिष्ठ आख्यानकार पुष्कर लोहनी, कवि एवं अभियन्ता भीम उदास, नेपाली चलचित्र जगतकी प्रथम नायिका भुवन चन्द थापा, वरिष्ठ चित्रकार मुकेश मल्ल, नेपाली चलचित्र तथा नाट्य जगतका नृत्य निर्देशक बसन्त श्रेष्ठ र फोटो पत्रकार प्रवीण थपलिया रहनु भएको थियो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभाध्यक्षतामा आयोजित समारोहमा वरिष्ठ कवि, गीतकार एवं पूर्वमन्त्री शंकरप्रसाद कोइराला प्रमुख अतिथि रहनुभएको थियो भने अभिनन्दित व्यक्तिहरूको योगदानबारे समालोचक प्रमोद प्रधानले विश्लेषण गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, इतिहासविद् तथा राजनीतिक विश्लेषक डां सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक, सिने अभिनेता कृष्ण मल्ल, गीतकार एवं समाजसेवी शोभित उप्रेतीले विशेष आतिथ्य ग्रहण गर्नुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com