Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

एक्लै एक्लै  दौडिने बानी अन्त्य गरौं

एक्लै एक्लै  दौडिने बानी अन्त्य गरौं

नेपाल राष्ट्र बैंकबाट भर्खरै जारी गरिएको निर्देशन तथा मापदण्डको यहाँहरुले गर्नु भएको चिन्ता प्रती राष्ट्रिय सहकारी महासंघको गम्भीर  ध्यानाकर्षण भएको छ ।   यसमा हामी सबैको ऐक्यबद्धता जरुरी छ। 

हामीले यहाँहरु सबैलाई बोलाएर छलफल गरेका हौं । पा्रप्त सुझावलाई नेपाल राष्ट्र बैंकमा पठाएका हौ । केही दिनमा  हामी सबै महासंघम्मा बसेर छलफल गरौंला । यति धेरै नआत्तिनुस । दुई बर्षको समय दिएको छ ।  केही निकास आउने छ भन्नेमा साकारात्मक सोच बनाऔं ।

सुशासनका लागि  धेरै राम्रा कुराहरु पनि आएका छन । तिनलाई आत्मसात् गरौं । धन्यवाद दिन पनि सिकौं कसैलाई गाली र नराम्रो शब्द हामी प्रयोग नगरौं । अझै लबिङ गरौ, अझै समन्वय गरौ, अझै बुझाउन कोशिस गरौं ।  हामी सबै मिलेर महासंघलाई बलियो बनाउन सिकौं । आज यो दिन किन आयो ? त्यस्को पनि समीक्षा गरौं । हामी को को दोषी छौ ? त्यस्को पनि अब समीक्षा हुनुपर्छ ।  अब जिम्मेवारी बाँडेर अगाडि बढ्ने दिन आइसकेको छ ।  एक्लै एक्लै  दौडिने बानीको अन्त्य गरौं ।  एकजुट भएर हिंड्ने बानीको बिकास गरौ ।  यही बानीले हामी सफल हुन सक्छौ । यही मेरो यहाँहरु सबैमा अनुरोध छ ।

(नेपाल राष्ट्र बैंकले वित्तीय सहकारी संस्थाहरुका लागि निर्देशन तथा मापदण्ड जारी गरेपछि सहकारीलाई अवमूल्यन गर्ने प्रयास भएको भन्दै चर्को विरोधहरु सामाजिक सञ्जाल तथा विभिन्न फोरममा देखिन थालेपछि महासंघ अध्यक्ष मल्लले लेखेको फेसबुक स्टाटसको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार