मानिसको जीवनमा उतार–चढाव, संघर्ष र सफलता अलग–अलग रूपले आउँछन्। कुनैलाई जन्मदेखि नै सुविधा र अवसरहरू सहज रूपमा प्राप्त हुन्छन् भने कुनैलाई भने आफ्ना सपना पूरा गर्न घामपानी सहनु पर्छ, संघर्ष गर्नु पर्छ। म पनि त्यस्तै साधारण ग्रामीण मध्यमवर्गीय परिवारमा जन्मिएको व्यक्ति हुँ, जसले आफ्नो बाल्यकालमा धनी–पुँजीपतिका छोराछोरीले जस्तो विलासितापूर्ण जीवन देख्न पाइन्ँ । आमाबुबाले दिनरात मेहनत गरेर हामीलाई पढाउनुभयो, हौसला दिनुभयो। यही परिवारको मिहिनेत र मेरो पनि अध्ययन–प्रतिको अटुट चाहनाले गर्दा आजको दिनसम्मको यात्रा सम्भव भएको छ।
बाल्यकाल र शिक्षा
बाल्यकालमा जिन्दगी सामान्य तर संघर्षपूर्ण थियो। पैसाको अभावका कारण धेरै इच्छाहरू अधुरा रहन्थे, तर पढ्ने रहर भने सधैं प्रबल रह्यो। आमाबुबाले आफ्नो पसिना बगाएर मलाई माध्यमिक तहसम्मको शिक्षा दिलाउनुभयो। विद्यालय जीवनमा धनी परिवारका साथीहरूले भोगेका सुविधा मैले देख्दा मन दुख्थ्यो, तर मैले कहिल्यै हार मानिनँ। म सधैं आफूलाई पढाइमै केन्द्रित राखेँ।
१२ कक्षा सकिएपछि अझै उच्च शिक्षा लिन मन थियो, तर परिवारको आर्थिक स्थिति कमजोर भएकाले सजिलै सम्भव थिएन। त्यसैले मैले पढाइसँगै जागिर गर्ने योजना बनाएँ। यसै क्रममा एक व्यक्तिगत फर्ममा जागिर सुरु गरेँ र स्नातक तहमा भर्ना पनि भएँ।
सहकारीसँग पहिलो भेट
२०७० सालको श्रावण महिनामा मेरो जीवनले नयाँ मोड लियो । उमेरले भर्खर २१ बर्ष पुरा री आफ्नो भविष्य खोज्दै भौतारिरहको थियो । ठीक त्यसैबेला मामा सुन्दर लाल शर्माको त्यो भेटले केही दिशानिर्देशित गर्यो । मामाबाट थाहा पाएँ हाम्रो नजिकै रहेको जन उत्थान बचत तथा ऋण सहकारी संस्था मा जागिरको अवसर खुलेको रहेछ।
यो सुन्दा मनमा धेरै प्रश्नहरू उठे—के यस संस्थामा लागेर मैले भविष्य बनाउन सक्छु त ? समाजले भन्ने गरेको-‘सहकारीमा जागिर खाएर के हुन्छ?’ यो कुरा कत्तिको सही होला ? यस्ता शंका र चिन्ताबीच पनि अन्ततः मैले मनको आवाज सुनेँ र दरखास्त दिएँ । भाग्यले साथ दियो, म छनोट भएँ । २०७० साल भाद्र १ गतेदेखि म जन उत्थान सहकारीको सहायक पदमा नियुक्त भएँ। त्यो क्षण मेरो जीवनको महत्वपूर्ण अध्यायको सुरुवात थियो।
प्रवेशको बेला जनउत्थानको अवस्था
विवरण अवस्था
सदस्य संख्या ३,४००
कुल सम्पत्ति २२ करोड
बचत जम्मा १६ करोड ५२ लाख
ऋण लगानी रकम १९ करोड ६३ लाख
कोष जम्मा १ करोड २८ लाख
कर्मचारी संख्या १३ जना
संघर्षदेखि बढुवासम्म
सुरु–सुरुमा नयाँ वातावरणमा काम गर्न अलि कठिन भयो। जिम्मेवारी ठूलो थियो, तर मैले कहिल्यै पछि हटिनँ। पढाइसँगै जागिर मिलाएर दुवैलाई अगाडि बढाएँ। मेहनतले रंग ल्यायो। २०७३ साल चैत्र १ गते मलाई संस्थाले अधिकृत पदमा बढुवा गर्यो। त्यो मेरो जीवनको अत्यन्तै खुशीको क्षण थियो।
त्यसपछि निरन्तर कर्तव्यपालन गर्दै, अनुभव र सीप संकलन गर्दै अघि बढेँ। अन्ततः, २०८१ साल श्रावण १ गतेदेखि लागु हुने गरी संस्थाले मलाई सहायक व्यवस्थापक पदमा बढुवा गर्ने निर्णय गर्यो। त्यो क्षणमा मेरो खुशीको सीमा नै थिएन। मेरो वर्षौंको मेहनत, समर्पण र संघर्षको प्रतिफल थियो यो।
सदस्यहरुसँग सुरज पौडेल
सहकारीले दिएको परिवर्तन
म एक सामान्य गाउँको केटा, जो सुरुमा लाजालु, धेरै व्यक्ति हरुको अगाडी बोल्न खुलेर नसक्ने थिएँ । तर सहकारीमा लागेपछि मेरो जीवनशैली नै बदलियो। मानिसहरूसँग खुलेर बोल्न नसक्ने म अहिले सजिलै आफ्नो विचार राख्न सक्छु। सहकारीमा काम गर्दा मैले केवल पेशागत अनुभव मात्र कमाइनँ, बरु समाजसँग सम्बन्ध गाँस्ने अवसर पाएँ।
मेरो सामाजिक परिचय र व्यक्तिगत पहिचान दुवैमा ठूलो परिवर्तन आयो। सहकारीमा लागेपछि समाजमा केहीले भने सहकारीमा काम गरेर के हुन्छ र तर आज म उनीहरूकै सामु एउटा उदाहरण बनेको छु।
सहकर्मीहरुसँग सुरज पौडेल
सहकारी केवल संस्था होइन, एउटा परिवार
मेरो अनुभवमा सहकारी भनेको केवल आर्थिक कारोबार गर्ने संस्था मात्र होइन। यो त एक मन्दिर जस्तै हो-जहाँ सदस्यहरूले दुस्ख–सुख, आँसु–हर्ष साटासाट गर्न सक्छन्। यहाँ सबै सदस्यहरू आपसमा परिवार सरह हुन्छन्। सहकारीभित्र मैले असंख्य शुभचिन्तक, साथी र सम्बन्धहरू पाएको छु। यसले मलाई जीवनमा नयाँ दिशा देखाएको छ। सहकारीमा काम गर्दा मैले बुझेँ-सहकारी भनेको साझा प्लेटफर्म हो, जहाँ सबैको भलाइ, पारस्परिक सहयोग र सामूहिक प्रगतिका लागि काम हुन्छ।
मेरो जीवनयात्रा संघर्ष, धैर्य र अवसरसँग गाँसिएको छ। ग्रामीण मध्यमवर्गीय परिवारको एउटा साधारण केटा, जसले भविष्यमा के होला भन्ने अनिश्चिततामा पनि पढाइ र जागिरलाई एकसाथ अघि बढायो, आज सहायक व्यवस्थापक पदसम्म आइपुग्न सफल भएको छु। यो सब सम्भव भयो जन उत्थान सहकारीकै कारण। यस संस्थाले मलाई मात्र रोजगारी दिएन, बरु मेरो व्यक्तिगत, सामाजिक र पेशागत जीवनलाई पुनर्जन्म दिएको छ।
आज म दृढतासाथ भन्न सक्छु-सहकारी भनेको केवल संस्था होइन, जीवन रूपान्तरण गर्ने एउटा अवसर हो। सहकारीले दिएको प्रेरणा, जिम्मेवारी र आत्मविश्वास नै मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो।
यस सम्पूर्ण यात्राको श्रेय जन उत्थान सहकारी परिवारलाई नै दिन्छु।
जनउत्थानको हालको अवस्था
सदस्य संख्या ३९,६००ं
कुल सम्पत्ति ४ अर्ब ४४ करोड
बचत जम्मा ३ अर्ब ४६ करोड
ऋण लगानी रकम ३ अर्ब ४९ करोड
कोष जम्मा ४० करोड
कर्मचारी संख्या ८९ जना
सेवा केन्द्र १० वटा
सदस्यहरुसँग सुरज पौडेल
सन्देश: युवाका लागि
सहकारी हामीजस्ता युवाका लागि उज्वल भविष्य र सफलता हासिल गर्ने माध्यम हो। देशका युवाहरूलाई विदेशिनु मात्र विकल्प होइन-देशमै बसेर सहकारी क्षेत्रमा लागेर उज्वल भविष्य बनाउन सकिन्छ भन्ने एउटा उदाहरण आफै हुँ भन्न पाउँदा आज गर्वानुभूति भएको छ । र, यो बोधको अवसर जन उत्थान साकोसले दिएको छ। त्यसका लागि मैले जतिनै कृतज्ञता व्यक्त गरेपनि कम हुन्छ । अवसरमा मिहेनत मिसिदा जीवनले सही दिशाबोध गर्न सक्दछ भन्ने उदाहरण भएको छु ।
मेरो सफलता भनेको जनउत्थानको सफलता हो । यो साकोसले राष्ट्रिय अन्तर्राष्टिरय रुपमा प्राप्त गरेको सम्मान, सदस्यहरुको अपूर्व विश्वास, नियामकहरुको सामयिक निर्देशन र त्यसको अक्षरशः पालना, सरोकारवालाहरुको सद्भाव, सञ्चालक समितिको त्या र हामी व्यवस्थापनको लगनशीलताका कारण यो सम्भव भएको मेरो बुझाइ छ ।
'टिम वर्क मेक्स र ड्रिम र्वक' भन्ने चरितार्थ भएको छ र त्यसको सानो हिस्सा आफू बन्न पाउँदा आनन्दानुभूति हुनु स्वाभाविकै पनि हो । र, सहकारीमार्फत नै मेरो व्यक्तिगत जीवन, सामाजिक पुँजी र करियरले उचाइँ लिएको हो । मेरो जीवन केही युवाहरुको लागि प्रेरणा बन्न सक्यो र आफ्नै माटोमा बसेर यही समाज र समुदायको लागि केही गर्न सकिन्छ भन्ने सोच्न मजस्तै युवा साथीहरु तयार हुनुभयो भने त्यो अझ ठूलो सफलता हुने छ ।
मेरो जीवनयात्रा संघर्ष, धैर्य र अवसरसँग गाँसिएको छ। ग्रामीण मध्यमवर्गीय परिवारको एउटा साधारण केटा, जसले भविष्यमा के होला भन्ने अनिश्चिततामा पनि पढाइ र जागिरलाई एकसाथ अघि बढायो, आज सहायक व्यवस्थापक पदसम्म आइपुग्न सफल भएको छु। यो सब सम्भव भयो जन उत्थान सहकारीकै कारण। यस संस्थाले मलाई मात्र रोजगारी दिएन, बरु मेरो व्यक्तिगत, सामाजिक र पेशागत जीवनलाई पुनर्जन्म दिएको छ।
आज म दृढतासाथ भन्न सक्छु-सहकारी भनेको केवल संस्था होइन, जीवन रूपान्तरण गर्ने एउटा अवसर हो। सहकारीले दिएको प्रेरणा, जिम्मेवारी र आत्मविश्वास नै मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो ।
यस सम्पूर्ण यात्राको श्रेय जन उत्थान सहकारी परिवारलाई नै ह्दयदेखि नै आभार व्यक्त गर्न चाहन्छु ।
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com