काठमाडौं । दार्जिलिङका साहित्यकार छुदेन काविमोको उपन्यास ‘उरमाल’ ले २०८१ सालको मदन पुरस्कार प्राप्त गरेको छ । आज बसेको मदन पुरस्कार गुठीको साधारण सभाले ‘उरमाल’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
गुठीका अनुसार, मदन पुरस्कार, २०८१ का लागि २९९ पुस्तक प्राप्त भएका थिए । तीमध्ये सात पुस्तक, उरमाल (छुदेन काविमो), छालबाटो: कैलाशदेखि गंगासम्म (रमेश भुसाल), दर्ज्य संलाप (कुमारी लामा), पञ्चतत्त्वको पालाम (मनप्रसाद सुब्बा), बहुरूपी (श्रेयज सुवेदी), भिक्षु, व्यापार र विद्रोह: नेपालको भोट–चीन सम्बन्ध र भारत (सुधीर शर्मा) र हिउँको गीत (तीर्थ गुरुङ) मदन पुरस्कार 'श्रेष्ठ सूची २०८१' का निम्ति छनोट भएका थिए ।
५६ वर्षपछि भारतीयले मदन पुरस्कार प्राप्त गर्नुभएको हो । वर्षौ मात्र होइन पुस्तौं चियाबारीमा काम गर्ने श्रमिकहरूको मनै छुने कथा हो उरमाल । अंग्रेजले पूर्वोत्तर भारतमा चिया कमानका लागि आदिवासीलाई भूमिहीन बनाएको कथा यसमा अटाएको छ । उनीहरुको आर्थिक, सामाजिक लगायतका पाटाहरु उजागर गरिएको उपन्यास हो उरमाल । लेखकले केही समयअघिको एक अन्तर्वार्तामा पुस्तक लेख्न करिब पाँच वर्ष लागेको बताउनुभएको थियो ।
यसैगरी, सभाले पाँच दशकदेखि लोकसंस्कृति क्षेत्रमा सक्रिय प्रेमदेव गिरीलाई लोक भाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरेबापत वर्ष २०८१ सालको जगदम्बा श्री अर्पण गर्ने निर्णय गरेको छ ।त्य गिरी विगत केही दशकयता लोकगीत, भाका र मौलिक धुनहरूको संरक्षण र प्रवर्द्धनमा लागिरहनुभएकाे व्यक्तित्व हुनुहुन्छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com