काठमाडौं। अध्यागमन विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू गर्ने निर्णय गरेको छ। अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार नेपालभित्र विदेशी नागरिकको प्रवेश, उपस्थिति र प्रस्थान नियमन गर्ने कार्यलाई व्यवस्थित बनाउन विभागले उक्त प्रणाली विकास गरेको हो।
यस प्रणालीमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास र गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्न सकिने, आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षामा सहज हुने, साथै सुरक्षा निकाय, पर्यटन व्यवसायी र सरोकारवाला निकायबीच सूचना आदानप्रदान प्रभावकारी भई पर्यटन क्षेत्रको सुरक्षित विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ।नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहज पहुँच, सम्भावित अपराध नियन्त्रण तथा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले यो निर्णय लागू गरिएको जनाइएको छ ।
यो निर्णय पहिलो चरणमा २०८२ साल असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रुपमा लागू गरिनेछ। दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान सेवा कम्पनी, यात्रा तथा भ्रमण व्यवसाय गर्ने कम्पनी, मनि एक्सचेञ्ज गर्ने निकायमा, र त्यसपछि क्रमशस् सबै होटल, गेष्ट हाउस तथा अन्य सार्वजनिक र निजी संस्थाबाट प्रदान हुने सेवामा लागू गरिने जनाइएको छ ।
विभागले विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक तथा निजी संस्थालाई यस प्रणालीमा अनिवार्य रुपमा आबद्ध हुन अनुरोध गरेको छ । यसमा दर्ता हुने प्रक्रिया र प्रयोग पुस्तिका विभागको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ। साथै थप जानकारीका लागि विभागको सूचना प्रविधि शाखा वा कम्प्युटर इञ्जिनियर सन्तोष कुमार शाहसँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
अध्यागमन विभागले ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिलाई पत्राचार गरिसकेको र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत नियमित अनुगमन हुने जानकारी उपलब्ध गराएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com