Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेपाल कला तथा संस्कृति महोत्सवको तयारी पूरा

नेपाल कला तथा संस्कृति महोत्सवको तयारी पूरा

काठमाडौं । नेपाल कला तथा संस्कृति महोत्सव भोलिदेखि बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना हुँदैछ। महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । नेपाल पर्यटन बोर्ड र परिषद्ले काठमाडौँ उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा आयोजना गर्ने महोत्सव आगामी असोज १० गतेसम्म जारी रहने छ।  

परिषद्का अनुसार मुलुकको विशिष्ट सांस्कृतिक वैभव र धरोहरहरूलाई चित्रकलाका माध्यमबाट प्रस्तुत गरिएको महोत्सवमा नाम चलेका चित्रकारहरुका सृजना समावेश गरिएका छन् । 

इन्द्रजात्राको अवसर पारेर आयोजना गरिएको महोत्सवमा काठमाडौँ उपत्यकाका सम्पदा, कला, संस्कृति झल्काउने सामग्री पनि समावेश गरिएका परिषद्ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार