Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

९८औं ओस्कर अवार्डमा नेपालको तर्फबाट ‘अञ्जिला’ ले प्रतिस्पर्धा गर्ने

९८औं ओस्कर अवार्डमा नेपालको तर्फबाट ‘अञ्जिला’ ले प्रतिस्पर्धा गर्ने

काठमाडौं । सन् २०२६ को ९८औं अस्कर अवार्ड को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालको तर्फबाट ‘अञ्जिला’ चलचित्रले प्रतिस्पर्धा गर्ने भएको छ । 

द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले प्रेस विज्ञप्तिमार्फत अञ्जिला सिफारिश भएको जानकारी गराएको हो ।

यस वर्ष ओस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली कथानक चलचित्र ‘गुन्यु चोलो-द ड्रेस’ र ‘अञ्जिला’ प्राप्त भएकोमा दुवै चलचित्रको गहन मूल्याङ्कन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखेर ‘अञ्जिला’ लाई छनोट गरिएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार