सिड्नी । अस्ट्रेलियामा बसेर साहित्य सिर्जना गरिरहेका नौ महिला स्रस्टाहरुले नव दुर्गाका नौ दुर्गाका स्वरूपहरुलाई समर्पण गर्दै कविता वाचन गरेका छन् ।
शनिबार सिडवेस्ट मल्टिकल्चरल सर्भिसेज, ब्ल्याकटाउन, सिड्नीमा आयोजना भएको नवदुर्गा साहित्यिक कार्यक्रममा हालै नेपालमा भएको जेनजी आन्दोलनामा मृत्यु हुनेको सम्झनामा मौन धारण गरिएको थियो भने उनीहरुको सम्मानमा स्वदेश गानमा दीप प्रज्वलन गरिएको थियो ।
अनेसास अस्ट्रेलिया ,एशोसिएसन अफ भुटनीज इन अस्ट्रेलिया र ब्ल्याकटाउन नेपलिज सोसाइटीसँगको सहकार्यमा लेखकहरुको अनौपचारिक समूहले उक्त कार्यक्रम आयोजना गरेको थियो ।
पहिलो दिनको दुर्गा शैलापुत्रीलाई समर्पित गर्दै क्यानबेराकी महता घिमिरे चापागाईंले ‘म शैलपुत्री’ नामक कविता वाचन गरेकी थिइन् भने दोस्रो दिनकि देवी ब्रम्हाचारिणीलाई समर्पण गर्दै अनेसास एन एस डब्ल्यु कि महासचिव भावना पराजुलीले कबिता बाचन गरेकी थिइन् ।
त्यस्तै तेस्रो दिनकी दुर्गा चंद्रघन्टालाई समर्पण गर्दै रिचा गौतमले, चौथो दिनकी दुर्गा कुस्मान्डालाइ समर्पण गर्दै उपन्यासकार ममता मिश्रले, पाँचौ दिनकी दुर्गा स्कन्धमातालाई समर्पण गर्दै साहित्यकार श्वेता मैनालीले , छैठो दिनकी दुर्गा कात्यायानीलाई समर्पण गर्दै सुधिरा शाहले र सातौ दिनकी देबी कालरात्रीलाइ समर्पण गर्दै प्रतिज्ञा अधिकारीले कविता वाचन गरेका थिए ।
आठौं दिनकी देवी महागौरीलाई समर्पण गर्दै प्रज्ञा पनेरुले सिखरिणी छन्दमा लेखिएको छन्द कविता वाचन गरेकी थिइन् भने कार्यक्रमकि संयोजक समेत रहेकी सानु घिमिरेले नवौं दिनकी देवी सिद्धिदात्रीलाई समर्पण गर्दै ‘तथास्तु’ कविता बाचन गरेकी थिइन् ।
सिड्नीका नेपाली र भुटानी समुदायका अगुवाहरु र साहित्यप्रेमीहरुको जमघट रहेको सो कार्यक्रममा दोस्रो पुस्ताको प्रतिनिधित्व गर्दै बाह्र बर्षिय मुमल श्रेष्ठले ‘नवदुर्गाको उज्यालोमा’ शीर्षकको कविता वाचन गरेकी थिइन् भने, भुटनीज समुदायको तर्फबाट पांच जना महिलाहरुले दुर्गा स्तुति गाएका थिए ।
सभाध्यक्षविना नै संचालन भएको सो कार्यक्रममा कार्यक्रमकि संयोजक सानु घिमिरेले कार्यक्रमको औचित्य बताउँदै अस्ट्रेलियामा भएका महिला साहित्यकारहरुलाई शशक्तीकरण गरेर परिस्कृत साहित्य सिर्जना गर्ने उदेश्य सहित आफ्नो समूह क्रियाशील भएको बताएकी थिइन् ।
साहित्यकार सौरभ किरण श्रेष्ठको संयोजकत्वमा अग्रज साहित्यकार प्रभा भट्टराई र सुरेन्द्र दवाडी सदस्य रहेको समितिले लेखिएका कवितामाथि सुधार गर्नु पर्ने सुझावहरू दिइएको थियो । त्यही सुझाव अनुसार कविताहरू सम्पादन र पुनर्लेखन गरेर कार्यक्रममा वाचन गरिएको थियो ।
साहित्यपोस्ट डट कम मिडिया पार्टनर रहेको उक्त कार्यक्रममा वाचन गरिएका कविताहरुलाई साहित्यपोस्ट डट कममा प्रकाशित गरिने जनाइएको छ ।
कार्यक्रमलाई एशोसिएसन अफ भुटनिज इन अस्ट्रेलियाकि महिला विभाग प्रमुख दिव्य श्री आचार्यले संचालन गरेकी थिइन् भने एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले कार्यक्रम प्रायोजन गरेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com