काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रका अगुवाहरूसँग छलफल गरेकी छन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा कार्कीले उद्योग वाणिज्य प्रवर्द्धन परिषद् सदस्य र जेनजी आन्दोलनबाट क्षति भएका उद्योग व्यवसायी संघ छलफल गरेकी हुन् ।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृह एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्याल, उद्योग वाणिज्य महासंघका अध्यक्षलगायतको पनि उपस्थिति थियो ।
छलफलबाट बाहिरिँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारसँग गरिएको छलफलले निजी क्षेत्रको मनोबल उकास्ने सन्देश दिएको बताए ।
अध्यक्ष ढकालले भने, ‘उद्योग तथा व्यवसायमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिमा सरकारले साथ सहयोग गर्ने भनेको छ । यसले निजी क्षेत्रका लागि सकारात्मक सन्देश दिएको छ ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com