Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कुमारी बैंक र जिआईजेड नेपालबीचबीच विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन सम्झौता

कुमारी बैंक र जिआईजेड नेपालबीचबीच विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन सम्झौता

काठमाडौं । नेपालमा विद्युतीय गतिशीलता सुदृढ बनाउन कुमारी बैंक लिमिटेड र जिआईजेड नेपालबीच नेपालको लागि दिगो विद्युतीय यातायात परियोजनाअन्तर्गत समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सहकार्यले सार्वजनिक यातायात सञ्चालकलाई वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात, विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसको स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पुर्याउने विश्वास गरिएको छ ।

नेपालको लागि दिगो विद्युतीय यातायात परियोजना जिआईजेड नेपाल र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युटद्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहितका सरकारी तथा सम्बन्धित साझेदार संस्थासँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो । यो परियोजना न्यूनीकरण कार्य सुविधाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ ।

यस कार्यक्रमले करिब ३,५०० विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पु¥याउनेछ । आर्थिक सिमाबद्धतालाई ध्यानमा राखि यस पहलले परम्परागत इन्धनमा आधारित सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ ।

नेपालको लागि दिगो विद्युतीय यातायात परियोजनामा सार्वजनिक यातायात अझै सजिलो, सुरक्षित र स्मार्ट बनाउन mobile applications, GPS device, LED route display तथा open loop e-ticketing system जस्ता डिजिटल सुविधा समेत पनि प्रयोगमा ल्याइएको छ ।

यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेलाई विद्युतीय माइक्रो र मिनीबस प्रयोग गर्न सहज बनाउनेछ । यसका लागि कुमारी बैंकले विशेष वित्तीय योजना र प्रारम्भिक डाउन पेमेन्ट अनुदानको व्यवस्था गर्नेछ । जसले गर्दा सवारी खरिदको लागत कम हुनेछ । यसलाई आर्थिक रूपमा पनि सहज बनाउनेछ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ ईकाइ तथा ३१७ एटिएममार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार