Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

दुई महिनामा थपियो ३२ अर्ब निक्षेप

दुई महिनामा थपियो ३२ अर्ब निक्षेप

काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा ३२ अर्ब माथिको निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३२ अर्ब ८६ करोड (०.५ प्रतिशत) ले बढी रु७२ खर्ब ९६ अर्ब ७४ करोड पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३५ अर्ब ३ करोड (०.५ प्रतिशत) ले बढेको थियो। 

वार्षिक विन्दुगत आधारमा २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.५ प्रतिशतले बढेको छ।

२०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.८ प्रतिशत, ३८.० प्रतिशत र ४७.९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.२ प्रतिशत, ३१.० प्रतिशत र ५६.७ प्रतिशत रहेको थियो।

२०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.२ प्रतिशत रहेको छ।

यस्तै कर्जामा भने चालू आवमा बृद्धि देखिएको छैन। गत वर्ष साउन र भदौ महिनामा ७३ अर्ब ३९ करोड रुपैयाँले कर्जा प्रवाह बढेको थियो भने चालू आवमा ४९ अर्ब २४ करोड(०.९ प्रतिशत) ले मात्रै बढाउन सफल देखिएका हुन्। यो सहित भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले  कुल ५५ खर्ब ४६ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह भएको पुगेको छ। 

वार्षिक विन्दुगत आधारमा २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.८ प्रतिशतले बढेको छ।

२०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार