काठमाडौं । विगत १५ वर्षदेखि पर्यटन क्षेत्र अन्तर्गत ट्रेकिङ पेशामा संलग्न दावा लामा तामाङ भन्छन्, ‘साहसिक पर्यटन क्षेत्रमा नेपालमा सम्भावना नै सम्भावना छ । साँच्चै भन्ने हो र हामीले गर्न जान्ने हो र खोज्ने हो भने पर्यटन क्षेत्रमै प्रचुर सम्भावना छ ।’
काभ्रेको तिमालको अन्यन्त कमजोर आर्थिक अवस्था भएको परिवारमा जन्मिएका तामाङको सानैदेखिको चाहना अंग्रेजी फरर बोल्न पाए हुन्थ्यो भन्ने थियो । उनका बाबु पर्यटन क्षेत्रमा पोर्टर (भरिया) को रुपमा काम गर्दथे । बाबुसँगै हात समातेर उनी जानीनजानी पर्यटन क्षेत्रमा लागे । विदेशी पर्यटकहरुसँग सानैदेखि संगत गरेका उनलाई खैरे हरुले बुझ्ने र उनीहरुले जस्तैगरी अंग्रेजी बोल्ने रहर थियो ।
गाउँको विद्यालयमा उबेला अंग्रेजी पढ्नु पूरा नहुने सपना जस्तै थियो । तर, पनि उनको अंग्रेजी मोह गज्जबको थियो । पछि एसएलसी दिएपछि काठमाडौं आएर निक्कै संघर्ष गरेर पुरा गरेरै छोडे । हिजोआज उनको अत्यधिक समय विदेशी र त्यसमा पनि खासगरी अमेरिकी साहसिक पर्यटकहरुसँग अंग्रेजीमा कुरा गरेरै समय बित्छ ।
तामाङले सोल भेञ्चरमा ट्राभलटाइम्सट्रेक्स नेपाल नामक कम्पनी स्थापना गरी लक्जरी सुविधा उपलब्ध गराउँदै आएका छन् साहसिक पर्यटनको स्वाद लिन चाहने मूलतः विदेशीहरुका लागि । अभाव र गरिबीसँग सानैदेखि पौठेजोरी खेल्दै आएका तामाङले अहिले भने अवस्थामा तात्विक अन्तर ल्याएका छन् जुन उनको लगन र मिहेनतले सम्भव भएको हो । पेशासँगै आफ्नो गाउँको लागि पनि उनले निक्कै काम गरेका छन् । खासगरी शिक्षाको क्षेत्रमा ।
आफूले पढाइमा उबेला भोगेको कठिनाइ अहिलेका बालबालिकाले नभोगुन् भन्ने उनको भित्री चाहना पनि हो । धरातल नबिर्सेका उनी फुर्सद हुने बित्तिकै तिमाल पुग्छन् र बाबुआमा नातानाला अनि आफूले मलजल गरेर हुर्काएको विद्यालयका बालबालिकाहरुसँग झुम्मिन पुगिहाल्छन् ।
४४ वर्षका अविवाहित शेर्पासँग साहसिक पर्यटन र उनको रुट्स लगायत विविध विषयमा धिप्री डटकमले केही दिनअघि लाजिम्पाटस्थित उनकै अफिस कम कोठामा लामो सम्वाद गरेका थियो । महाभूकम्पका बेला एभरेष्टको पीडादायक कहानीले अझै पनि उनलाई 'हन्ट' गरिरहन्छ । त्यो पेशागत जीवनकै अहिलेसम्मकै अविष्मरणीय घटना समेत भएको उनी बताउँछन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com