Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

चलचित्र निर्माता संघको अध्यक्षमा सुब्बा

चलचित्र निर्माता संघको अध्यक्षमा सुब्बा

काठमाडौं । नेपाल चलचित्र निर्माता संघको १९औँ साधारण सभाबाट अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् ।  प्रतिस्पर्धी सुनिलकुमार थापालाई पराजित गर्दै सुब्बा अध्यक्ष निर्वाचित भएका हुन् ।

सोमबार भएको निर्वाचनमा महासचिव पदमा खगेन्द्र लामिछाने, सचिवमा युवराज गिरी निर्वाचित भएका छन्। त्यसैगरी कोषाध्यक्षमा रामप्रसाद रिजाल, उपाध्यक्ष पदमा ज्योतिराज राई निर्वाचित भएका छन् भने रौनक विक्रम कँडेल निर्विरोध भएका छन् । 

संघको कार्यसमिति सदस्यहरूमा टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, घनेन्द्र थपलिया, प्रवीण कार्की, चुम्बनजङ्ग शाही र राजकुमार पण्डित निर्विरोध छनोट भएका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार