Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

नेपालमा पहिलो पटक ग्रीन स्किल्स एडभाइजरी बोर्ड (जीसाब) गठन

नेपालमा पहिलो पटक ग्रीन स्किल्स एडभाइजरी बोर्ड (जीसाब) गठन

काठमाडौं । नेपालमा पहिलो पटक ग्रीन स्किल्स एडभाइजरी बोर्ड (जीसाब) को औपचारिक शुभारम्भ गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभीइटी) प्रणालीलाई हरित सीपसँग जोड्न र दिगो रोजगारी तथा विकासलाई प्रोत्साहन गर्न सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाहरुको सहकार्यमा यो बोर्डको गठन गरिएको हो । 

बोर्डले नेपालमा हरित सीप सम्बन्धी सचेतना अभिवृद्घि गर्ने, वातावरण मैत्री तालिम नीति निर्माणका लागि संवाद गर्ने, तालिम प्रबर्धन र रोजगारीका अवसर सिर्जना गर्न ठोस कदम चाल्ने लक्ष्य राखेको छ । विशेष गरी दिगो कृषि, वातावरण मैत्री निर्माण, पर्यटन लगायतका क्षेत्रमा हरित सीपलाई प्रोत्साहन गर्ने योजनासहित यस बोर्डको स्थापना गरिएको हो ।

यसैबीच,जिसाबको औपचारिक शुभारम्भ गर्न हिजो आयोजित कार्यक्रममा वक्ताहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (सिटिइभिटी) प्रणालीलाई हरित सीपसँग जोड्न र दिगो रोजगारी तथा विकासलाई प्रोत्साहन गर्न सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

बोर्डले नेपालमा हरित सीपसम्बन्धी सचेतना अभिवृद्धि गर्ने, वातावरणमैत्री तालिम नीति निर्माणका लागि संवाद गर्ने, तालिम प्रवर्द्धन र रोजगारीका अवसर सिर्जना गर्न ठोस कदम चाल्ने लक्ष्य राखेको छ । विशेष गरी दिगो कृषि, वातावरणमैत्री निर्माण, पर्यटनलगायत क्षेत्रमा हरित सीपलाई प्रोत्साहन गर्ने योजनासहित यस बोर्डको स्थापना गरिएको हो ।  

बोर्डको शुभारम्भ कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले विश्वव्यापी रूपमा बढिरहेको तापक्रम, कार्बन उत्सर्जन तथा विभिन्न वातावरणीय प्रभावका कारण मानव स्वास्थ्यसहित समग्र विश्वमा गम्भीर नकारात्मक असरहरू देखा परेको बताए । उनले शिक्षालाई सीप र सीपलाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्दै जानुपर्ने धारणा राखे। सचिव पौडेलले भने, “नेपाल सरकारले यस विषयमा नीतिगत सुधारमा काम गर्दै आइरहेको छ । सरकार र निजी क्षेत्रको साझेदारीमा सुरु भएको यो परियोजनालाई मिलेर अगाडि बढाउनु पर्दछ ।” 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तन, कार्बन उत्सर्जन र वातावरणीय चुनौतीले हामीलाई नयाँ सोच, नयाँ सीप र नयाँ अभ्यासतर्फ अघि बढ्नुपर्ने बताए । “हाम्रा उद्योग व्यवसाय पनि वातावरणमैत्री सीपको अवलम्बन गर्न तयार हुँदैछन् । सीप विकासलाई वातावरणमैत्री बनाउनका लागि तालिम र रोजगारीमा योगदान गर्न नेपाल उद्योग वाणिज्य महासंघ सदैव तयार छ,” उनले भने, “जीसाबका माध्यमबाट सार्वजनिक-निजी साझेदारीलाई अझ मजबुत बनाउन सकिन्छ र नेपालको युवा शक्ति दिगो रोजगारतर्फ उन्मुख हुनेछ र भविष्यमा हरित अर्थतन्त्रको विकासलाई यो प्रयासले पक्कै पनि टेवा पुर्‍याउनेछ ।”

नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालले सन् २०४५ सम्ममा ‘नेट–जेरो कार्बन’ उत्सर्जन हासिल गर्ने लक्ष्यलाई यो पहलले योगदान गर्ने बताए । साथै उनले यस विषयमा आफ्नोतर्फबाट निरन्तर सहयोग रहने धारणा राखे । 

सिटीइभिटीका सदस्य सचिव इञ्जिनियर महेश भट्टराईले नेपाललाई हरित सीपको माग सम्बोधन गर्न साझेदारी विकास गर्ने र कार्बन न्युट्रालिटी हासिल गर्ने राष्ट्रिय लक्ष्यमा योगदान पुर्‍याउन बोर्डले सहयोग गर्ने बताए । नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले वातावरणमैत्री सीपको विकास, प्रवर्द्धन तथा कार्यान्वनमा परिसंघ प्रतिबद्ध रहेको बताए ।  

नेपाल निर्माण व्यवसायी महासंघका रवि सिंहले वातावरण संरक्षण र हरित सीप आजको आवश्यकता भए पनि हरितको नाममा विकासलाई बाधा पार्न नहुने र दिगो विकासलाई प्राथमिकता राख्नुपर्नेमा जोड दिए । जिसाबका सदस्य विनोद बडालले हरित सीप नेपालको भविष्यको आवश्यकता भएको र सरकार निजी क्षेत्रबीचको सहकार्यले यसलाई अघि बढाइने बताए । 

सो अवसरमा जिसाबका संयोजक प्रमोदभक्त आचार्यले हरित सीपको विविध विषय नेपालले गरिरहेका प्रयास आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण दिएको थियो । बोर्डमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र निर्माण व्यवसायी महासंघ नेपालको संस्थागत प्रतिनिधित्व रहेको छ ।

सन् २०२४ को अप्रिलमा ब्रिटिस काउन्सिलको पहलमा सम्पन्न भएको सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाको सम्मेलनले नेपालमा हरित सीप प्रवर्द्धन गर्नको लागि बेलायतको नमुनाबाट प्रेरित भई एक उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । जसाबलाई ब्रिटिस काउन्सिल नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ भने नेपाल उद्योग वाणिज्य महासंघले सचिवालयको भूमिका निर्वाह गर्दै सहयोग गरिरहेको छ । बेलायतस्थित एक्सटर कजेललगायत संस्थाहरूको हरित सीपसम्बन्धी अनुभव र सल्लाहमार्फत एड्भाइजरी सहयोग प्रदान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार