मलाई पुलुक्क हेरेर प्रिय झै व्यहोरा नगर,
तिमि कुनैको सिउदोको सिन्दुर हौ
अनि म त
कसैको सिन्दुर पोते सजाउने पराई मान्छे हुँ ।मलाई कोरिएका शब्द झै नकोर बरु म
लहरै पंक्तिमा बसिदिन सक्छु ।
मलाई उदाउँदो सुर्य अनि गुलाफको फुल
सँग नदाज म बरु तिम्रै छेउछाउमा काँडा भै दिन सक्छु ।।आँखाको भाषाले झुटो सपना सिंगारेर
मेरो छाया संग भविष्यको भावना नकोर
बरु तिमि कलकलाउदो खोला बनेर आउनु
खोला संगैको बालुवामा म रहने छु अनि बरु वगर भएर साथ दिन सक्छु ।।बरु तिमि बतास भै सुटुक्क आउ
म त्यहि बतासमा सुस्तरी हल्लि रहने पात बनि रहन सक्छु ।
तिमि बरु उदाउँदो जुन बनेर आउ
म त्यही जुनको छाया बनेर साथ दिन सक्छु ।।
(गजलकार सहकारीकर्मी पनि हुनुहुन्छ ।)
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com