शब्दयात्रा प्रकाशनले शब्दसाधना प्रस्तुतीकरण कार्यक्रमको दोस्रो शृङ्खलामा आज २०८२ पुस १० गते बिहीबार उषा केसीद्वारा लिखित उपन्यास ‘हिउँफूल’ माथिको संवाद कार्यक्रम आयोजना गरेको छ ।
अग्रज समालोचक डा. दयाराम श्रेष्ठ प्रमुख अतिथि र शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइकेल सभापति रहनुभएको आजको कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनका विषयमा जानकारी गराउनुभएको थियो ।
काठमाडौँबाट आउनुभएका साहित्यकारहरू डा। इन्दुल केसी, शान्ति रिसाल, राधा कार्की र पार्वती भट्ट एवम् काभ्रेपलाञ्चोक जिल्लाबाट उपस्थित गीतिभास्कर मच्छेश्वर सापकोटा तथा साहित्यकारहरू शारदाप्रसाद शर्मा, कालिका त्रिपाठी पन्त र पुण्यवती घलेले ‘हिउँफूल’ का विषयमा चर्चा गर्नुभएको थियो ।
कवि मुरहरि रायमाझी ‘हरि’ ले कविता वाचन र कृतिकार उषा केसीले मन्तव्यसहित सभाविसर्जन गर्नुभएको आजको कार्यक्रममा साहित्यकारहरू रवीन्द्र आशीष शैली, मीना चौलागाईं, सुषमा आचार्य, नवराज दाहाल ‘उत्साही’, चन्द्रबहादुर खड्का, डा। छत्रपति दाहाल, सुभद्रा अधिकारी, गायिका सरस्वती सापकोटा आदि पनि उपस्थित हुनुहुन्थ्यो ।
संस्थाका आजीवन सदस्य कवि अच्युत अधिकारीले सञ्चालन गर्नुभएको आजको कार्यक्रममा पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन साहित्यकार सरस्वती चिमोरियाले, छायाङ्कन तथा स्वराङ्कन आजीवन सदस्य सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले, मञ्चस्थ महानुभावहरूलाई रुद्राक्षमाला अर्पण लेखक दामोदर घिमिरेले, शब्दयात्रा प्रकाशनका तर्फबाट अतिथि साहित्यकारहरूलाई उपहार समर्पण लेखक प्रकाशबहादुर कायस्थले र विविध व्यवस्थापन कार्यालय व्यवस्थापक सङ्गीता केसीले गर्नुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com