Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

‘स्क्यान’मा जोडिंदै सातै प्रदेशका साकोसहरु

‘स्क्यान’मा जोडिंदै सातै प्रदेशका साकोसहरु

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले ३८ औं स्थापना दिवसको अवसरमा साकोसहरुको बृहत्तर बिकासका लागि संघमा आबद्ध सदस्य संघ संस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी साकोसको जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगत बर्षहरुमा सञ्चालित एक्सेस, प्रोवेसन तथा कब्र्स कार्यक्रमको सिकाइका आधारमा थप परिमार्जन सहितको कार्यक्रम हो-स्क्यान। नियमित निरीक्षण अनुगमन कार्यक्रम स्क्यानलाई अंग्रेजीमा Supervisory Checks and Analysis for  Navigation (SCAN) र नेपाली छोटकरीमा स्क्यान कार्यक्रम भनिएको हो । स्क्यान कार्यक्रम गुणस्तर सुनिश्चितता, जोखिम सुपरिवेक्षण, व्यवस्थापकीय क्षमता विकास, स्वनियमन र नियामकीय सक्षमता विकासको एकिकृत स्वरुप हो ।
 
नियमित निरीक्षण तथा अनुगमन गरी देखिएको जोखिम व्यवस्थापन गर्न सदस्यहरुको लागत सहभागितामा यो कार्यक्रम सञ्चालनमा आएको छ । यस कार्यक्रममा संघमा आबद्ध सबै सदस्यहरुलाई सहभागी गराइने योजना अनुरुप द्रुत गतिमा आवद्धताको काम अघि बढेको छ ।
 
आजका मितिसम्म १ सय ७५ साकोस स्क्यानमा आवद्ध भएका छन् । र, यो क्रम दिनहुँ बढ्दो छ । व्यसाय अधिकृतबाट कार्यक्रम अधिकृतमा पछिल्लो जिम्मेवारी लिएको छोटो समयमै पूर्वका मोरङ र सुनसरीका गरी १७ वटा साकोस स्क्यानमा आवद्ध भैसकेका छन् । यसले हामीलाई झनै उत्साहित बनाएको छ । 
 
यसैगरी देशैभर रहनुभएका नेफ्स्कूनका साथीहरुको सक्रियतामा अन्यत्र पनि स्क्यानप्रतिको विश्वास बढ्दैछ । यसले वित्तीय कारोबार गर्ने नेफ्स्कूनका सदस्य संघ संस्थाहरु जोखिमको नियमित परीक्षण गराउने, न्यूनीकरण गर्ने, सुशासनमा बस्ने, नियामकीय प्रबन्धहरुको परिपालना गर्ने र संस्थागत विकास र वृद्धि गर्दै स्तरीकृत साकोस बन्न लालयित छन् । यसले सदस्यहरुको विश्वास बढाउनेमा उनीहरु विश्वस्त छन् । हामी नियमति रुपमा परिक्षणमा छौं भन्नेमा उनीहरु विश्वस्त हुनेछन् । यो विश्वास नेफ्स्कूनले प्रदान गर्ने छ ।
 
 
WhatsApp Image 2025-12-28 at 18.43.15.jpeg
undefined
 
सहकारी ऐन २०७४ को दफा २५ (ङ) र दफा ९९ र बचत तथा ऋण कारोबार गर्ने केन्द्रीय संघको बिनियम २०५० (संसोधन समेत) को परिच्छेद २ दफा ५ को उपदफा १० र १२ ले दिएको अधिकार र मिति २०८२ श्रावण १९ गते भएको निर्णय बमोजिम मिति २०८२ श्रावण २७ गतेको सहकारी बिभागको निर्देशनको जिम्मेबारी पुरा गर्न संघको सदस्य निरिक्षण तथा अनुगमन आन्तरिक कार्यबिधि २०८२ परिच्छेद ३ को दफा ६ उपदफा १ र दफा ७ को १ बमोजिम अनिवार्य संघको नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा आबद्ध हुने संघ संस्थाहरुको योगदानमा आधारित रहेको छ । यस स्क्यान कार्यक्रममा भाग लिन संघ संस्थाहरुको वासलातको आधारमा सहजिकरण शुल्क निर्धारण गरिएको छ । यस कार्यक्रमलाई प्रभावकारी तवरले संचालन गर्न १४ वटा युनिट मध्ये हाल १२ वटा युनिट खडा गरिएको छ । युनिट अन्तगर्त आवश्यक जनशक्ति सहजकर्ताको रुपमा परिचालन गरिएको छ । 
1765530817.jpeg
स्क्यानमा सम्झौता
 
स्क्यान कार्यक्रममा सहभागिता किन ? 
स्क्यान कार्यक्रममा सबै सदस्यहरु आबद्ध हुनु आवश्यक छ ।
परिवर्तित कानूनी वातावरणमा अनुकुलन गरी संस्थागत विकास सुनिश्चित गर्न,
नियमित जोखिम सुपरिवेक्षण गराई जोखिम व्यवस्थापन सक्षमता विकास गर्न,
गुणस्तर सुनिस्चितताका कार्यक्रमहरु मार्फत ब्राण्ड प्राप्त गर्न,
योजनाबद्ध रुपमा संस्था सञ्चालनको सुनिश्चित गर्न,
सहकारीमैत्री व्यवस्थापन सुनिश्चित गर्न,
स्थिरीकरण कोष मार्फत जोखिम व्यवस्थापन सुनिश्चित गर्न,
क्यूरीमा–३६० कार्यशाला मार्फत क्षेत्रगत जोखिम न्यूनीकरण गर्न,
बिधिमा आधारित जोखिम सुपरिवेक्षणको अभ्यास गर्न,
संस्था सञ्चालनमा स्तरीयता कायम गर्न ।
 
स्क्यान कार्यक्रममा सहभागिता कसरी हुने ?
 
स्क्यान कार्यक्रम सबै सदस्यहरुको लागि अनिवार्य कार्यक्रम भएकोले सबै सदस्य संघ संस्थाहरु सहभागी हुनु पर्नेछ । स्क्यान कार्यक्रममा सहभागी हुन संघ र संस्थाहरुले संचालक समितिको बैठकबाट संघले बिकास गरेको स्क्यान कार्यक्रममा सम्झौता गर्ने प्रस्ताव उपर छलफल गरि आबद्ध हुने निर्णय गर्नुपर्ने हुन्छ । संघ संस्थाको निर्णयको आधारमा संस्था र संघबीच संघले तोके बमोजिम सम्झौता गर्नु पर्दछ । सहकारी संघ संस्थाको वासलातको आकारको आधारमा संघले तोके बमोजिमको लागत योगदान गर्नु पर्दछ । एम आई एस प्रणालीमा विवरणहरु अद्याबधिक गरी संघको सदस्य सुपरिवेक्षण ईकाइ मार्फत आबद्ध हुन सकिने छ । 
1766584573.jpeg
स्क्यानमा सम्झौता
 
सम्झौता अन्तर्गत सञ्चालन हुने कार्यक्रमहरू:
१) नियमित निरिक्षण अनुगमन कार्यक्रम (Supervisory Checks and Analysis for -Navigation-SCAN) (अ) अन्तर्राष्ट्रिय स्तरको ब्राण्डिङ कार्यक्रमको रूपमा एसियाली ऋण महासङ्घले विकास गरेको A-one Competitive Choice for Excellence in Services and Soundness : ACCESS कार्यक्रम सञ्चालन गरिनेछ । यो कार्यक्रम एसियाली ऋण महासङ्घद्वारा विकास एवं अध्यावधिक मार्गनिर्देशिका बमोजिम सङ्घद्वारा प्राविधिक सहजीकरण गरिनेछ । यसको अन्तिम परीक्षण एसियाली ऋण महासङ्घद्वारा हुनेछ ।
 
(आ) राष्ट्रिय स्तरको ब्राण्डिङ कार्यक्रमको रूपमा Program for Building Absolute and Professionalization : PROBATION (प्रोबेशन) कार्यक्रम सञ्चालन गरिनेछ । यस कार्यक्रम सञ्चालन मार्गनिर्देशिका अध्यावधिक र अन्तिम परीक्षण सङ्घले गर्नेछ ।
 
(इ) साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला (Credit Union Risk Management-360 (CURIMA-360) Workshop) स्क्यान कार्यक्रमबाट पहिचान भएका क्षेत्रगत जोखिम व्यवस्थापन गर्न आवश्यकताको आधारमा सामुहिक छलफलका लागि कार्यशाला आयोजना गरिनेछ । क्यूरीमा–३६० (Credit Union Risk Management-360°) CURIMA-360 कार्यशालामा सहभागिता शुल्कले प्रति संस्था प्रति कार्यशालामा दुईजनाको सहभागिताको दरले बार्षिक रुपमा दुईवटा गैर आवासीय साकोस जोखिम कार्यशालामा सहभागिता हुन सक्नेछन । 
1765374951.jpeg
स्क्यानमा सम्झौता
 
(ई) SUPport-Enhance-Ensure-Regularize-SUPER कार्यक्रम: जोखिम व्यवस्थापनका लागि आवश्यकताको आधारमा सङ्घले सदस्य सङ्घसंस्थाहरूको विशेष संरक्षण तथा व्यवस्थापनको लागि सञ्चालन गरिने कार्यक्रम हो ।
 
(उ) अनुकूलन कार्यक्रम: नियामकीय व्यवस्था कार्यान्वयन सहजीकरणका लागि सञ्चालित विशेष कार्यक्रम हो ।
 
सङ्घमा आबद्ध सङ्घ/संस्थाहरूलाई सुरक्षित र स्वस्थ बनाउनुका लागि यसको विशिष्ट उद्देश्य तपसिल बमोजिम रहनेछ ।
  • सदस्यहरूको नियमित निरीक्षण र अनुगमन गर्न कार्यक्रममा अनिवार्य आबद्धताको आधार तयार गर्ने,
  • जोखिम सुपरिवेक्षण तथा गुणस्तर सुनिश्चितताका कार्यक्रमहरू विकास गरी जोखिमका आधारमा सदस्यहरूको वर्गिकरण गर्ने आधार तयार गरी स्तर अनुसारको निरीक्षण, अनुगमन र नियमित पृष्ठपोषण गर्ने, प्रमाणीकरण
  • कार्यक्रमहरू सञ्चालनका लागि नेपाल सरकार र सरोकारवालाहरूको सहकार्यको आधारहरू विकास गर्ने,
  • सहकारी ऐन, नियम र सङ्घको विनियम पालनाको अवस्था पहिचान गर्ने संयन्त्रको विकास गर्ने,
  • सदस्य संङ्घसंस्थाहरुले आफ्ना सदस्यहरूलाई प्रदान गरेको सेवा सुविधाको अवस्था पहिचान गर्ने,
  • सदस्यहरूको आर्थिक र वित्तीय अवस्था तथा कोष परिचालनको अवस्था पहिचान गरी पृष्ठपोषण प्रदान गर्ने,
  •  सदस्य संस्थाहरुबाट आवधिक रुपमा सूचकमा आधारित सूचनाहरु संकलन गरी नियमित आवधिक रुपमा नियामक निकायमा प्रतिवेदन प्रदान गर्ने,
  • सदस्य सङ्घ÷संस्थाहरूका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर सुनिश्चितताको प्रमाणिकरणको कार्यक्रम विकास गरी सञ्चालन गर्ने,
  • स्थिरीकरण कोषमा सहभागिता मार्फत सुरक्षित र दिगो साकोसको आधार तयार गर्ने,
  • संस्थाको अवस्था र परिवेश अनुसार सदस्य सङ्घ/संस्था भार नपर्ने गरी गुणस्तरीय पृष्ठपोषणका साथै आवश्यक कुरामा सहयोग पुर्याउने ।
1765461516.jpeg
स्क्यानमा सम्झौता
 
जोखिमस्तर
संस्थाले पेश गरेको विवरणहरुको आधारमा संस्थाको स्तर तपशिल बमोजिमको कायम गरिने छ । संघले विकास गरेको प्राबिधिक मार्गनिर्देशिकाको आधारमा वार्षिक रुपमा जोखिम स्तर निधारण गरी आबद्ध सदस्यहरुलाई जोखिम स्तरको प्रमाण पत्र उपलब्ध गराइनेछ । 
सामान्य (Not Significant)
जोखिम उन्मुख (Significant)
शंकास्पद (Suspicious)
घातक (Malignant)
 
नेफ्स्कूनले आफ्ना सदस्य संघ संस्थाहरुको गुणस्तर मापन गर्ने उद्धेश्यले स्क्यान कार्यक्रमको सुरुवात गरेको हो । स्क्यान कार्यक्रममा संस्थाको वित्तीय विवरण,शुसासनको अवस्था, कानूनी परिपालना र जोखीम को स्तर मापन गरी स्क्यान मार्फत सुपरिवेक्षण गरिरहेको छ ।  
 
सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको छ । बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिने र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजी गर्नु सुपरिवेक्षणको मुख्य उद्देश्य रहेको छ ।
 
सुपरिवेक्षणको उद्देश्य सहकारीहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्नु र बचतकर्तामा विश्वास अभिवृद्धि गर्नु रहेको छ। निरीक्षणमा संस्थाको शेयर, बचत तथा ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक सुशासन, लेखा प्रणाली, सूचना प्रविधि, सुरक्षण, एम. आई. एस. अद्यावधिक, सम्पत्ति शुद्धिकरण निवारण नीति  र भाखा नाघेका ऋण असुलीकाको शुक्ष्म मूल्यांकन गरि सुधारका लागि समन्वयकारी भुमिका निभाईरहेको छ ।
संघले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिइरहेको छ ।
1765202628.jpeg
स्क्यानमा सम्झौता
 
सदस्यहरुले कार्यक्रमका लागि गर्नुपर्ने योगदान
सदस्य संस्थाहरुको नियमित जोखिम सुपरिवेक्षण गर्न संघले स्थलगत तथा गैर स्थलगत सुपरिवेक्षणका ढाँचाहरु कार्यान्वयनमा ल्याएको छ । एम आई एस प्रणाली मार्फत सदस्य सुपरिवेक्षण इकाईवाट निरन्तर सुपरिवेक्षण तथा तोकिए बमोजिमको स्थलगत अनुगमनका लागि हरेक सदस्यले वासलातको आकारमा तपलिश बमोजिम योगदान गर्नु पर्नेछ । योगदान रकमले सम्झौता भएको मिति देखि एक वर्षका लागि हुने छ । यस अघि एक्सेस, प्रोवेसन वा कब्र्स कार्यक्रममा सम्झौता भएको हकमा सम्झौता अवधि भर सोही बमोजिम संघले सेवा उपलब्ध गराउने र सम्झौता सकिए पश्चात स्क्यान कार्यक्रमको ढाँचा बमोजिम सेवा उपलब्ध गराउनेछ । सदस्य संघ संस्थालाई कारोबारको आधारमा तपशिल समूहमा राखि योगदानको रकम निर्धारण गरिने छ ।
 
 
क्रम संख्या                                                            विवरण          वर्ग
वासलातमा रू ३ अर्व भन्दा बढि कूल सम्पत्ती भएका सङ्घ संस्थाहरू
वासलातमा रू १ अर्व देखि ३ अर्वसम्म कूल सम्पत्ती भएका सङ्घ संस्थाहरू
वासलातमा रू ५० करोड देखि १ अर्व कूल सम्पत्ती भएका सङ्घ संस्थाहरू
वासलातमा रू २५ करोड देखि ५० करोड कूल सम्पत्ती भएका सङ्घ संस्थाहरू
वासलातमा रू १० करोड देखि २५ करोड कूल सम्पत्ती भएका सङ्घ संस्थाहरू
वासलातमा रू ५ करोड देखि १० करोड कूल सम्पत्ती भएका सङ्घ संस्थाहरू
पाँच करोड भन्दा कम कूल सम्पत्ती भएका सङ्घ संस्थाहरू
 
 
यस कार्यक्रममा आबद्धताले सदस्य साकोसहरु संस्थागत विकासमा अघि बढ्ने विश्वास नेफ्स्कूनले लिएको छ । संस्थाले पेश गरेको विवरणहरुको आधारमा सामान्य, जोखिम उन्मुख, शंकास्पद र घातक गरी चार स्तर निर्धारण गरी जोखिम स्तरको प्रमाण पत्र नेफ्स्कूनले उपलब्ध गराउने छ । यो कार्यक्रम एकीकृत रुपमा कार्यान्वयनमा आएको हुँदा संस्थाको अवस्था पहिचान गर्न तथा सुधार गर्दै व्यवसायिक संस्था निर्माण गर्नका साथै हालका नियामकीय व्यवस्था बमोजिम प्राविधिक व्यवस्थापन गर्न सहज हुने भएको छ ।
 
 
(दाहाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ७ बर्ष देखि कार्यरत छन् ।)
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार