Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

भौतिक पुनर्निर्माण कोषमा जम्मा भयो १४ करोड ७ लाख रुपैयाँ

भौतिक पुनर्निर्माण कोषमा जम्मा भयो १४ करोड ७ लाख रुपैयाँ

काठमाडौं । २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आजसम्म १४ करोड ७ लाख रुपैयाँ जम्मा भएको छ । 

कोषमा नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज एकाउन्न लाख सहयोग उपलब्ध गराएसँगै कुल रकम १४ करोड बढी पुगेको हो । 

आज नागरिक लगानी कोषका तर्फबाट उक्त रकम बराबरको चेक अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई नागरिक लगानी कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरेले  हस्तान्तरण गरेका थिए । सो अवसरमा अर्थ सचिव डा. घनश्याम उपाध्याय, सहसचिव उत्तर कुमार खत्री लगायत नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की समेतको उपस्थिति थियो । अर्थमन्त्री खनालले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदानका लागि सरकारको तर्फबाट नागरिक लगानी कोषलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार