ललितपुर । तेस्रो बालसाहित्य महोत्सव आज माघ ११ गतेदेखि ललितपुरमा शुरु भएको छ । नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका र पाटन संग्रहालयको संयुक्त आयोजनामा पाटन दरबार संग्रहालयमा तीनदिने महोत्सव शुरु भएको हो ।
महोत्सवमा बालसाहित्यसम्बन्धी कार्यपत्र प्रस्तुति, बालसाहित्य र बालसरोकारसम्बन्धी विभिन्न विषयमा सामूहिक छलफल, बालसाहित्यका पुस्तक विमोचन, अन्तर्क्रिया र संग्रहालय प्रदर्शनीलगायतका आकर्षण रहेका छन् ।
बाल साहित्यकार एवम् कलाकार कल्पना बिष्टले उद्घाटन गरेको कार्यक्रममा बालसाहित्यको क्षेत्रमा योगदान पर्याउने विभिन्न व्यक्तित्वहरुलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो ।
महोत्सवमा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावक र साहित्यकार(कलाकारको सहभागितामा नृत्य,गायन, नाटक, कवितारकथावाचन लगायतका कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा बंगलादेशबाट सहभागी वरिष्ठ साहित्यकार प्राडा मिजानुर रहमान कल्लोलसहित घरेलु बालसाहित्यकार एवम् अनुरागीहरुको सहभागिता रहेको छ ।
महोत्सवमा ‘सामाजिक सञ्जाल र बालबालिका’, ‘स्थानीय सरकार र बालबालिका’, ‘बालसाहित्य,पाठ्यपुस्तक र पठन संस्कृति’, ‘बालसाहित्यको बदलिँदो परस्थिति’, ‘सम्पदा, संस्कृति र बालबालिका’ विषयमा सत्र सञ्चालनको कार्यक्रम रहेको छ ।
२०४४ साल असोज ८ गते स्थापना भएको नेपाल बाल साहित्य समाजले नेपाली बालसाहित्य र सर्जकहरुको अभिलेखीकरण, संरक्षण र प्रवर्धन मा संलग्न गैरनाफामूलक संस्थाको रुपमा काम गर्दै आएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com