मोरङ । बेलबारीका स्रष्टा प्रकाश भट्टराईको गीतसङ्ग्रह ‘गुनासो’ सार्वजनिक भएको छ । कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बेलबारीमा आयोजित एक कार्यक्रमका बिच उक्त कृति सार्वजनिक भएको हो ।
प्राज्ञ गङ्गा सुवेदी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद न्यौपाने, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, नेपाली साहित्य समाज उर्लाबारीका अध्यक्ष यज्ञ परिश्रमी, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, आम्लाबुङ साहित्य समाजका अध्यक्ष धनजित पराजुली, रङ्गेली साहित्य कला समाजका अध्यक्ष चिरञ्जीवी काफ्लेलगायतका साहित्यिक संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा साहित्यका अतिरिक्त सामाजिक सङ्घसंस्थामा संलग्न व्यक्तित्वहरूको समेत उपस्थिति थियो ।
प्रमुख अतिथि प्राज्ञ गङ्गा सुवेदीले साहित्यको कोमल विधाका रूपमा चिनिने गीतलाई आफ्नो लेखन क्षेत्र बनाएकामा कृतिकारलाई बधाइ दिइन् । चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्षसमेत रहेकी सुवेदीले गीतले सबैको मन छुन सक्ने विचार व्यक्त गरिन् । साहित्यिक तथा सामाजिक व्यक्ति, वरिष्ठ साहित्यकार हर्कमान तामाङले कृतिकारको गुरु हुने अवसर पाएकामा गर्वबोध भएको विचार व्यक्त गरे ।

कृतिका लेखक भट्टराईले निकै मेहनतका साथ पहिलो कृति ल्याउन सफल भएको बताउँदै यस कार्यमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे । साथै सभाध्यक्षको मन्तव्य राख्तै कोसी साहित्य-कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले आफूहरू नयाँ तथा केही फरक कार्यक्रम लिएर अघि बढिरहेको बताउँदै प्रकाश भट्टराई सार्वजनिक गर्न सकेकामा खुसीसमेत व्यक्त गरे ।
लोकार्पित कृतिमाथि प्रा.डा.भीम खतिवडा र कृष्ण उदाशीले समीक्षा प्रस्तुत गरेका थिए । कृतिमाथिको समीक्षा प्रस्तुत गर्दै कवि तथा गीतकार उदाशीले प्रकाश भट्टराईले यस कृतिमार्फत गीत विधामा एउटा नयाँ मानकको सुरुआत गरेको बताए । राजमार्गको प्रसङ्ग कोट्याउँदै उनले भट्टराईको यस कृतिले गीतको नयाँ राजमार्ग निर्माण गरेको बताए ।
प्रा.डा. भीम खतिवडाले ‘गुनासो’ ले विविध पक्षलाई सम्बोधन गरेको बताए । नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्षसमेत रहेको खतिवडाले एउटा कृति बाहिर आउन ४ दशक लागेकामा लेखकसँग गुनासोसमेत व्यक्त गरे । उनले भने, ‘४० को दशकमा लेखिएका गीतको सङ्ग्रह ५२ आउनुपर्थ्यो, ६२ मा आउनुपर्थ्यो । ८२ किन लाग्यो रु लेखकलाई यो हामी सबै पाठकको गुनासो रहेको छ । ’
कार्यक्रममा लोकार्पित कृतिभित्रबाट चण्डी साङपाङ, सुरेश साङपाङ, यमुना पराजुली र चिरञ्जीवी काफ्लेले एक एकओटा गीत गाएका थिए । संस्थाका उपाध्यक्ष विष्णु भण्डारी आचार्यको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन सचिव नवराज पोखरेल ‘नवशिला’ को रहेको थियो ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com