Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
फ्राइडे फिक्सन

जीवनसँग मोनोलग

जीवनसँग मोनोलग

रेक वर्ष जब जन्मदिन आउँछ, यसले जीवनका विभिन्न कालखण्डका यादहरू रसम्झनाको इन्द्रणी लिएर आउँछ । सबै कुराकानी र अधुरा सम्झनाहरूले तपाईंलाई आफ्नै नजिक लैजान्छ, जीवनसँगको यो कुराकानीलाई कहिलेकाहीं retrospection भनिन्छ भने कहिलेकाहीं introspection

हामी लगभग ४० वर्षको आसपासमा छौ, कोही दुई चार वर्ष अगाडि छन् भने कोही दुई चार वर्ष पछाडि । परिपक्वताको पहिलो चरण ४० हो, वास्तविक परिपक्वता । फोर्टीलाई naughty फोर्टी पनि भनिन्छ ।

बाल्यकालका साथीहरू, स्कूलका साथीहरू, कलेजका साथीहरू, भौतिक वा अभौतिक रुपमा वरपर छन्, आफ्नै कथा लेखिरहेका छन्, आफ्नै कथा बुनिरहेका छन् । म कसैसँग कुरा गर्छु त कसैसँग मात्र औपचारिकता । केही उपस्थित छन्, केही पूर्ण रूपमा हराइरहेका छन्, कुनै को निशान छैन, कोही कहीँ कथाहरूमा अमर छन्, कोही  कथाहरूका प्रशंसक छन्, र कोही कथा वाचकपनि छन् ।

कसैले पूर्णता पाएका छन्, कोही अझै खोजमा छन्, कोही भट्किरहेका छन्, कोही समय कटाइरहेका छन् र कोही अझै पनि Goal Post सार्दै फरक प्रकारको आनन्द लिदैछन् ।

कोही समुद्र तटका प्रेमी छन, कोही जनावर प्रेमी छन्, कोही जंगल प्रेमी छन् र कोही हिमालय प्रेमी छन् । केही साथीहरु पूर्ण रूपमा रक, हिपहप र मेटल संगीतमा डुबेका छन् भने अरूहरू अझै पनि नारायण गोपाल, भक्तराज र नातिकाजीमा रमाएका छन् । आजको अरिजित सिंह पनि राम्रै सुनिन्छ तर मन किशोर कुमार, लता र आशामा बस्छ, हो, कहिलेकाही कुमार सानु र उदित नारायणको ९० को दशकको युगले पक्कै पनि काउकुती लाउछ ।

कोही आफ्नो चाउरीपना लुकाइरहेका छन्, कोही कपाल रंगाइरहेका छन्, कोही गर्वका साथ आफ्नो सेतो कपाल र फुलेका दारी देखाउदै हिड्छन् । कसैको कलेज जाने उमेरका बच्चाहरू छन्, कसैका अहिले बच्चा जन्मिँदैछन्, कोही भने अझै पनि आफ्ना बच्चाहरूसँग बच्चा बन्दै छन् ।

0_ntGqWcLyP2SkJmIB.jpg
undefined

राजा मन्त्री चोर सिपाही, त्यसपछि मारियो, सुपर कमाण्डो ध्रुव, प्लेस्टेशन, एभेन्जर्सबाट सुरु भएको कथा  आजकल आईपीएल र एन्पीएलको वरिपरि छ । पहिले १–२ रुपैयाँमा छाती फुलाएर हाफ प्यान्ट लगाएर हिँड्नेहरू अहिले लाखौं मूल्यका पोर्टफोलियोहरूको बारेमा टाउको हल्लाइरहेका छन् । कोही गर्वले भरिएका छन् भने कोही चिन्तित छन् ।

लामो समय बितिसकेको छ, तर अझै लामो समय बिताउनु छ । सबैजना सँगै हिडिरहेका थिए, अब कोही अगाडि छन्, कोही पछाडि छन्, कोही माथि छन्, कोही तल छन् । सबैको आ–आफ्नै दृष्टिकोण छ, गल्तीहरूमा आ–आफ्नै हिस्सा छन् र आ–आफ्नै कारणहरू पनि । सबै जना सही छन्, कोही पनि गलत छैनन् ।

आखिर, यही नै अहिलेसम्मको जीवनको विवरण हो, जुन परिपक्वताले हामीलाई बदलामा प्रदान गरेको छ । यस जीवनको Single Entry Bookkeeping मा, सबै कुरा Assets हो बन्धु । जे प्राप्त भयो त्यो Assets थियो, जे गुमायो त्यो पनि Assets थियो र यी सबैको बीचमा गरिएको हरेक अभ्यास सबैभन्दा ठूलो Assets थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार