काठमाडौं । नइ एकेडेमीले नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा नेपाल र भारतका सात जना स्रष्टालाई जनही रु २५ हजार राशीको ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गर्ने भएको छ ।
मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत यो पुरस्कार प्रदान गर्ने घोषणा भएको हो ।
‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट पुरस्कृत हुने प्राज्ञहरूमा डा रमा शिवाकोटी, डा साधना पन्त ‘प्रतीक्षा’, डा लेखराज खतिवडा, डा गोपालप्रसाद गैरे, डा भगवानचन्द्र ज्ञवाली, डा नित्यानन्द खतिवडा र प्रा डा कृष्णराज घतानी छन् । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँका अध्यक्षतामा भएको नइ एकेडेमीको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com