Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

यसरी मनायो मुक्तिनाथ दर्शन साहित्य समाज नेपालले पाचौंँ वार्षिकोत्सव

यसरी मनायो मुक्तिनाथ दर्शन साहित्य समाज नेपालले पाचौंँ वार्षिकोत्सव

मुक्तिनाथ दर्शन साहित्य समाज नेपालको पाचौंँ वार्षिकोत्सवको अवसरमा व्यक्तित्व र संस्था गरी डेढ दर्जन सम्मानित भएका छन् । २०८२ माघ २४ गते शनिबार काठमाडौंमा आयोजित 'सम्मान तथा पुरस्कार अर्पण समारोह-२०८२' मा प्रमुख अतिथि बरिष्ठ इतिहासविद् प्रा.दिनेशराज पन्त तथा समाजका अध्यक्ष कवि कलानिधि दाहालले नेपाली भाषा साहित्य, वैदिक गुरुकुल र पत्रकारिताको क्षेत्रमा योगदान दिने व्यक्तित्वहरु  र संस्था प्रत्येकलाई १५ हजार नगदसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मानित एवम् पुरस्कृत गर्नुभएको हो ।

कार्यक्रममा प्रह्लाद पोखरेल, कृष्णशरण उपाध्याय, भागवत सन्यासाश्रम गुरुकुल, बुढानीलकण्ठ वेदविद्याश्रम, मधुसुदन सुवेदी, सुमित्रा सुमी, आश्विनी कोइराला, निर्मोही व्यास, धनराज गिरी, गोविन्द घिमिरे वेदमणि, लक्ष्मणप्रसाद गौतम, भुवनहरि सिग्देल, महेश प्रसाई, प्रा.लीला लुइँटेल, सुशीला ढकाल अधिकारी र निर्मलमणि पराजुलीलाई सम्मानित एवम् पुरस्कृत गरिएको थियो ।

यसैगरी, समाजका संस्थापक एवम् प्रमुख संरक्षक अध्यात्म चिन्तक हरिभक्त सिग्देल ‘महेश’, अध्यक्ष कलानिधि दाहाल, लगायत आजीवन सदस्य महोशप्रसाद रिजाललगायतलाई पनि सम्मान गरिएको थियो ।

DSC06737_11zon.jpg
undefined

कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ इतिहासविद् प्रा.दिनेशराज पन्तले सम्मानित व्यक्तित्व र संस्थाहरु सबै ओजिलो भएको बताउँदै सम्मान पुरस्कारले साधनामा उर्जा थप्ने उल्लेख गर्नुभयो । साथै उहाँले  सम्मानित र पुरस्कृतहरुलाई बधाई दिदैं मुक्तिनाथ दर्शन साहित्य समाज नेपालमार्फत नेपाली भाषा, साहित्यको संरक्षणमा विभिन्न काम हुँदै आएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले समाजको उत्तरोत्तर प्रगतिको पनि कामना गर्नुभयो ।

DSC06780_11zon.jpg
undefined

समाजका अध्यक्ष कवि कलानिधि दाहालले व्यक्तिहरुको अनुहार नभई अक्षरकर्मलाई आधार मानेर सम्मानित गरिएको बताउनुभयो । यसैगरी, समाजका संस्थापक एवम् प्रमुख संरक्षक अध्यात्म चिन्तक हरिभक्त सिग्देल ‘महेश’ ले सम्मानितहरुलाई बधाई दिदैं समाजमार्फत भएका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

सम्मानितहरुकातर्फबाट प्रतिनिधिमूलक रुपमा मन्तव्य राख्दै कवि भुवनहरि सिग्देल, प्रा.लीला लुइँटेल, लगायतले सम्मानप्रति आभार व्यक्त गर्दै साधनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

DSC06862_11zon.jpg
undefined

कार्यक्रममा समाजका सल्लाहकार युवराज मैनालीले सम्मानित एवम् पुरस्कृतहरुबारे जानकारी गराउनुभएको थियो भने समाजका सल्लाहकारहरु प्रा.डा.अर्जुनदेव भट्ट, प्रा.विष्णुप्रसाद पन्त लगायतले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन निर्मलमणि पराजुलीले गर्नुभएको थियो । कार्यक्रममा समाजको त्रैमासिक प्रकाशन 'मुक्तिनाथ दर्शन' को पनि विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार