उदयपुरका ३५ वर्षीय इन्जिनियर अर्जुन कार्की बिहान ६ बजे उठ्छन्। झ्याल खोल्दा सफा सडक, व्यवस्थित साइकल लेन र हरियाली पार्क देखिन्छ। हावामा धुलो कम छ । मोबाइलमा “नागरिक सेवा एप” बाट आजको ट्राफिक स्थिति, मौसम र विद्युत् आपूर्तिको जानकारी आउँछ। २४ घण्टा बिजुली अब सामान्य कुरा भइसकेको छ ।
अर्जुन नास्ता गर्दै कर विवरण हेर्छन्। सबै प्रक्रिया अनलाइन छ। न त लाइन, न त सिफारिस । उनले केही वर्षअघि घर बनाउँदा नक्सा पास पनि डिजिटल प्रणालीबाटै स्वीकृत भएको थियो। भूकम्प प्रतिरोधी मापदण्ड अनिवार्य छन्। इन्जिनियरको सिफारिसबिना कुनै संरचना निर्माण हुदैनन ।
अर्जुन कामका लागि स्थानीय “इनोभेसन पार्क” पुग्छन्। यहाँ निर्माण, प्रविधि र कृषि सम्बन्धी स्टार्टअपहरू छन ।उनको टोलीले भूकम्प प्रतिरोधी कम लागत आवास डिजाइन गरिरहेको छ। सरकारको उत्पादनमुखी नीतिले स्थानीय उद्योगलाई प्राथमिकता दिएको छ। कुनै समय वैदेशिक रोजगारीमा जाने सोच बनाएका उनका साथीहरू अहिले आफ्नै जिल्लामा साना उद्योग सञ्चालन गर्छन्। “श्रमको सम्मान” भन्ने नीति व्यवहारमा देखिन्छ।
अर्जुनकी छोरी सरकारी विद्यालयमा पढ्छिन्। विद्यार्थीहरू घोकन्ते प्रणालीबाट अनुसन्धान र उत्पादनतर्फ उन्मुख छन। ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारले ज्ञानको समान पहुँच सुनिश्चित भएको छ । विद्यालयमा स्मार्ट कक्षा, रोबोटिक्स ल्याब र खेल मैदान छ।
उनकी आमा नियमित स्वास्थ्य परीक्षणका लागि पालिका अस्पताल जान्छिन्। त्यहाँ डिजिटल स्वास्थ्य रेकर्ड प्रणाली छ। औषधि अभाव हुँदैन। टेलिमेडिसिनमार्फत काठमाडौँका विशेषज्ञसँग प्रत्यक्ष परामर्श सम्भव छ।
साँझ ५ बजे अर्जुन पार्कमा दौडन जान्छन्। पार्कमा युवाहरू फुटबल खेलिरहेका छन्, वृद्धहरू व्यायाम गरिरहेका छन्। खेलकुद मन्त्रालयले प्रत्येक जिल्लामा एकेडेमी स्थापना गरेपछि खेल संस्कृतिमा परिवर्तन आएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको उपस्थिति बढेको छ। सडक बत्ती उज्याला छन्।
प्रहरी गस्ती प्रभावकारी छ। गृह प्रशासन सुधारिएपछि नागरिकले सुरक्षित महसुस गर्छन । राति परिवारसँग बसेर उनीहरू “Made in Nepal” उत्पादन प्रयोग गर्छन । स्थानीय उद्योग बलियो हुँदा अर्थतन्त्र स्थिर भएको छ। पर्यटन क्षेत्र फस्टाएको छ।
विदेशी पर्यटक गाउँसम्म पुग्छन्, स्थानीयले प्रत्यक्ष आम्दानी गर्छन्। अर्जुन बाल्कनीमा उभिएर टाढा हिमाल हेर्छन्।
उनले मनमनै भन्छन् - “अब नेपाल साँच्चै बदलिएको रहेछ ।
यो परिवर्तन एकैदिनमा आएको होइन।
नीतिगत स्पष्टता, संस्थागत सुधार र नागरिकको सहभागिताले सम्भव भएको हो। अर्जुनको बिहानदेखि बेलुकिसम्मको दिनचर्यामा कुनै नाटकीय घटना छैन। तर सहज सेवा, सुरक्षित वातावरण, गुणस्तरीय शिक्षा, पहुँचयोग्य स्वास्थ्य, र स्वदेशमै अवसर-यी सबैले संकेत गर्छन् कि देश विकसित मार्गमा अघि बढेको छ।
नयाँ नेपाल ठूलो भाषणले होइन, नागरिकको सामान्य दिन सहज भएको अनुभूतिबाट चिनिन्छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com