Nov 20 2026 | २०८३, मंसिर ४ गते

Nov 20 2026 | २०८३, मंसिर ४ गते

Follow us

‘विश्व-ज्योति युवा पाण्डुलिपि पुरस्कार’ सुर्खेतकी सर्जक हिमा रोका ‘प्रतिज्ञा’ लाई प्रदान गरिने

‘विश्व-ज्योति युवा पाण्डुलिपि पुरस्कार’ सुर्खेतकी सर्जक हिमा रोका ‘प्रतिज्ञा’ लाई प्रदान गरिने

काठमाडौं ।  नेपाली वाङमयको उन्नयनमा २७ वर्षदेखि क्रियाशील एपेक नेपालले यस वर्षको ‘विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार’ कर्णाली प्रदेश, सुर्खेतकी सर्जक हिमा रोका ‘प्रतिज्ञा’ को लघुकथा पाण्डुलिपिलाई प्रदान गर्ने निर्णय गरेको छ।

एपेक नेपालले ४० वर्ष मुनिका युवा सर्जकलाई प्रदान गर्ने गरी स्थापना गरेको यस पुरस्कारमा देशदेशावरबाट प्राप्त लघुकथाको पाण्डुलिपि मध्यबाट छनौट भएको एक उत्कृष्ठ पाण्डुलिपिलाई पुस्तकका रूपमा प्रकाशित गरिन्छ।

सोहीअनुसार यस वर्ष पुरस्कृत हिमा रोकाको पाण्डुलिपि पुस्तकका रूपमा प्रकाशित भै यही चैत २५ गते काठमाडौंमा सम्पन्न हुने एपेक नेपालको २७औ वार्षिकोत्सव समारोहमा लोकार्पण गरिने संस्थाले जनाएको छ।

 हिमा रोका प्रतिज्ञाको नामबाट साहित्य सिर्जना गर्नुहुने सुर्खेतकी सर्जक हिमा लघुकथासँगै गजल, मुक्तक, टुक्का कविता र झिल्कामा कलम चलाउनुहुन्छ ।

गत वर्षदेखि प्रदान गर्न सुरु गरिएको ‘विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार’ अघिल्लो वर्ष सुदूर पश्चिमका युवा कवि हेमन्त शिशिरको कवितासंग्रह ‘बन्द घरको झ्याल’ लाई प्रदान गरिएको थियो।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार