Nov 20 2026 | २०८३, मंसिर ४ गते

Nov 20 2026 | २०८३, मंसिर ४ गते

Follow us

चन्द्रागिरि साकोसद्वारा सार्वजनिक सवारी भाडामा डिजिटल भुक्तानी प्रणाली सुरु

चन्द्रागिरि साकोसद्वारा सार्वजनिक सवारी भाडामा डिजिटल भुक्तानी प्रणाली सुरु

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. ले नेपालमा पहिलो पटक सार्वजनिक सवारी भाडा डिजिटल माध्यमबाट भुक्तानी गर्ने प्रणाली सुरु गरेको छ।

६९औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर साकोसले आज (चैत्र २० गते)  उक्त सेवाको औपचारिक शुभारम्भ गरेको हो। चन्द्रागिरि साकोसले फिनटेक इन्टरनेशनल प्रा. लि. सँगको सहकार्य नयाँ सेवा सुरु गरेको हो । नयाँ प्रणाली अन्तर्गत यात्रुहरूले यात्रा कार्ड वा मोबाइल एपमार्फत क्यूआर स्क्यान गरेर बस भाडा तिर्न सक्नेछन्। बसमा जडान गरिएका मेसिनमा कार्ड ट्याप वा क्यूआर स्क्यान गर्दा भाडा स्वतः कट्ने व्यवस्था गरिएको छ।

यस सेवाले नगदरहित भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै यात्रुहरूलाई सहज र छिटो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। साथै, यात्रा कार्डमार्फत बिजुली, पानी जस्ता युटिलिटी बिलहरू पनि तिर्न सकिने व्यवस्था गरिएको छ।

फिन्टेक ईन्टरनेशलका प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठले यो सेवा नेपालमा पहिलो पटक चन्द्रागिरि साकोसबाट सुरु गरिएको बताउनुभयो । यस्तै, चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठका अनुसार संस्थाका सदस्यहरुले यो सेवा मार्फत अब बस भाडामा २५ प्रतिशत सम्म छुट सुविधा प्राप्त गर्नेछन् ।

662505721_122238473828119253_4312030098382777473_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार