Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

साहित्यकार ‘मञ्जुल’ र नवोदित स्रष्टा ‘प्रतिज्ञा’ लाई एपेक नेपालको सम्मान

साहित्यकार ‘मञ्जुल’ र नवोदित स्रष्टा ‘प्रतिज्ञा’ लाई एपेक नेपालको सम्मान

काठमाडौं । साहित्यिक संस्था ‘एपेक नेपाल’ ले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरमा अग्रज साहित्यकार मेघराज नेपाल ‘मञ्जुल’ र नवोदित स्रष्टा हिमा रोका ‘प्रतिज्ञा’ लाई सम्मान गरेको छ ।

एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठको अध्यक्षता र अग्रज स्रष्टा अभि सुवेदीको प्रमुख आतिथ्यमा हिजो आयोजित  कार्यक्रममा अग्रज कवि, गीतकार तथा गायक मेघराज नेपाल ‘मञ्जुल’ लाई सम्मानपत्रका साथ ५१,००० राशीसहितको ‘विश्वज्योति काव्य सम्मान’ अपर्ण गरिएको थियो । एपेक नेपालले उक्त पुरस्कार नेपाली वाङ्गमयको श्रीवृद्धिमा निरन्तर समर्पित स्रष्टालाई प्रत्येक वर्ष प्रदान गर्दै आएको छ । राल्फा आन्दोलनका सक्रिय योद्धा मञ्जुल नेपाली साहित्य र संगीतमा विशिष्ट योगदान छ।

त्यस्तै सुर्खेतकी नवोदित सर्जक हिमा रोका ‘विश्वज्योति युवा पाण्डुलिपि पुरस्कार’ प्रदान गरिएको छ । विश्वज्योति युवा पाण्डुलिपि पुरस्कार’ बिजेता सुर्खेतकी सर्जक रोकाकी प्रतिज्ञा लघुकथासंग्रह लोकार्पण गरिएको हो। ४० वर्षमुनिका सर्जकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको हो।

नेपाली लघुकथाको क्षेत्रमा सिर्जनारत युवा लघुकथाकार हिमा रोकाको प्रतिज्ञा लघुकथाकृतिले विश्व ज्योति पाण्डुलिपि पुरस्कार( २०८२ प्राप्त गरेको हो।

कवि विश्वविमोहन श्रेष्ठकी धर्मपत्नी ज्योति श्रेष्ठको निधनपछि श्रेष्ठ दम्पतीको नाममा साहित्यिक संस्था  एपेक नेपालले  २०८१ सालदेखि विश्व ज्योति पाण्डुलिपि पुरस्कार प्रदान गर्दै आएको हो।

एपेक नेपालको २७ औँ वार्षिकोत्सवको अवसर पारेर  आयोजित सम्मान तथा लोकार्पण समारोहमा  प्रतिज्ञाको  पाण्डुलिपिलाई पुरस्कृत गरिनुका साथै प्रतिज्ञा लघुकथासंग्रह लोकार्पण गरिएको हो।

सभाध्यक्ष विश्वविमोहन श्रेष्ठ, प्रमुख अतिथि अभि सुवेदी, श्रीओम श्रेष्ठ रोदन, मञ्जुल, उषा शेरचन, रश्मि शर्मा, सुधाकर पाठक, राजेन्द्र सलभ, कृतिकार  रोकाले कृतिको सामूहिक लोकार्पण गरिएको हो। पुरस्कृत लघुकथाको पाण्डुलिपि  साङ्ग्रिला बुक्स प्रकाशनले  प्रकाशित गरेको हो।

कार्यक्रममा पाण्डुलिपिका निर्णायक श्रीओम श्रेष्ठ रोदनले कृतिकार रोकाको  परिचय राख्दै प्रतिज्ञा लघुकथामा निकै सशक्त लघुकथा हरू समेटिएको बताउँदै कृतिकारलाई बधाई तथा शुभकामना दिएका थिए।

समारोहमा भारतीय साहित्यकार तथा हिन्दुस्तान भाषा अकादेमीका सुधाकर पाठकले प्रतिज्ञा लघुकथासङ्ग्रहलाई हिन्दीमा अनुवाद गरेर कृति प्रकाशन गरी दिल्लीमा लोकापर्ण गर्ने अनुमति माग्दा हलले तालीले स्वीकृति प्रदान गरेको थियो ।

कार्यक्रममा नेपाली हिन्दी कवितासंग्रह  'अनुभूति'पनि लोकार्पण गरिएको छ। उक्त संग्रहमा नेपाल र भारतका ३१/३१ कविका नेपाली र हिन्दीमा लेखिएका १२४ कविता सङ्गृहीत छन्।

यस अवसरमा भारतबाट ‘हिन्दुस्थानी भाषा अकादमी’ का अध्यक्ष सुधाकर पाठकको नेतृत्वमा १९ सदस्यीय साहित्यिक टोलीलाई स्वागत गरिएको थियो। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार