Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव

युरी गागरिनको योगदानको स्मरणमा शैक्षिक कार्यशाला

युरी गागरिनको योगदानको स्मरणमा शैक्षिक कार्यशाला

काठमाडौं, ८ अप्रिल २०२६ । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin को ऐतिहासिक योगदानलाई स्मरण गर्दै आयोजना गरिएको तीन दिने “Cosmonautics Festival (८–१० अप्रिल २०२६)” अन्तर्गत पहिलो दिन ८ अप्रिलमा “The Basics of Aerospace and Rocketry” शीर्षकमा एक आकर्षक तथा शैक्षिक कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त Cosmonautics Festival Nepal Russia Science and Technology Society, Mitra Kunj र The Squad of ChangeMakers द्वारा संयुक्त रूपमा आयोजना गरिएको हो भने Russian House in Kathmandu यसका प्रमुख साझेदारका रूपमा रहेको छ।

आज Bishal Milan Kendra मा सम्पन्न उक्त कार्यक्रममा Kathmandu Metropolitan City Ward No. 4 को सहयोग रहेको थियो। कार्यक्रममा पाँच वटा विद्यालयबाट २५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। यस कार्यक्रमको उद्देश्य युवा विद्यार्थीहरूलाई एयरोस्पेस विज्ञानका आधारभूत सिद्धान्तहरूबारे जानकारी गराउनुका साथै अन्तरिक्ष अन्वेषणप्रति उनीहरूको जिज्ञासा अभिवृद्धि गर्नु रहेको थियो, जुन International Day of Human Space Flight को पूर्वसन्ध्यामा विशेष रूपमा आयोजना गरिएको हो।

कार्यक्रम अन्तर्गत रकेट विज्ञानसम्बन्धी प्रारम्भिक सत्र, मोडेल रकेट निर्माणसम्बन्धी प्रयोगात्मक अभ्यास, OpenRocket सफ्टवेयरमार्फत सिमुलेसन तालिम तथा सुरक्षा मापदण्डहरूको पालना गर्दै व्यवहारिक रकेट प्रक्षेपण कार्यक्रम सञ्चालन गरिएको थियो। सहभागी विद्यार्थीहरूले समूहगत रूपमा आफ्नै मोडेल रकेट डिजाइन, निर्माण र परीक्षण गर्दै सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभवसमेत हासिल गरेका थिए।

पहिलो दिनको कार्यक्रमले शिक्षा, नवप्रवर्तन र प्रेरणालाई समेट्दै महोत्सवको प्रभावकारी सुरुवात गरेको छ। यसले विद्यार्थीहरूलाई विज्ञान तथा अन्तरिक्ष प्रविधिका सम्भावनाहरू अन्वेषण गर्न उत्प्रेरित गरेको विश्वास लिइएको छ।

WhatsApp Image 2026-04-09 at 15.23.49.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार