काठमाडौं । आमा शब्दमै अत्यन्त धेरै शक्ति छ भन्नुहुन्छ काठमाडौंकी सजना पौडेल र उहाँकी बहिनी कमला पौडेल । आमाको मुख हेर्ने दिन आमा हेमकुमारी पौडेलसँग बसेर दिदीबहिनीले आफ्नो आमाले बिगतमा गरेको संघर्षहरुको स्मरण गर्नुभयो । आमा ममताकी खानी हुन् भन्दै उहाँहरुले आफ्नो आमाले अभावका बीच आफूहरुसँगै हाल विेशमा भएका दुई भाइलाई कसरी कुनै समस्या हुन नदिइ हुर्काउनुभयो भनेर आमासँगै बसेर सुनाउनुभयो । अनि, आमा हेमकुमारीले पनि बिगतलाई कोट्याउनुभयो । हिजोका दुःखले आज मिलेको सुखको चर्चा गर्नुभयो । यद्यपि, छोरा र नातिनी विदेशमा भएकोमा भने उहाँले मन खिन्न बनाउनुभयो । दिदीबहिनीले आफूहरु आमा बनेपछि आफ्नी आमाले गर्नुभएको त्याग झनै बढी बुझ्ने भएको समेत बताउनुभयो । धिप्री डटकमले उहाँहरुसँग आजको यो अपूर्व दिनको अवसरमा भिडियो सम्वाद गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com