Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
सन्दर्भ: विश्व पुस्तक दिवस

साहित्यमा लोकप्रियतावाद राजनीतिमा भन्दा बढी भयो: गोपी मैनाली (भिडियो)

साहित्यमा लोकप्रियतावाद राजनीतिमा भन्दा बढी भयो: गोपी मैनाली (भिडियो)

काठमाडौं । साहित्यकार गोपी मैनाली भन्नहुन्छ, 'साहित्यमा लोकप्रियतावाद राजनीतिमा भन्दा बढी भयो ।' प्रियतावाद धेरै हदसम्म चिरस्थायी नहुने उहाँ बताउनुहुन्छ । अचेलका पुस्तकहरु संख्यात्मक रुपमा वृद्धि भएपनि गुणात्मकतामा ह्रास आएको भन्दै मैनालीले चिन्ता व्यक्त गर्नुभयो । सेवा निवृत्त भैसकेपछि आफूले करिब १ हजार पुस्तक पढेको बताउँदै उहाँले तिनमा अधिकांश गुणात्मकता नभएको बताउनुभयो । बजारको पछि, फेस भ्यालुको पछि लागेका कारण लेखकहरुबाट खदिला कृति नआएको र प्रकाशकहरु पनि त्यस्तै सेलिब्रेटीहरु खोज्दै हिडेको उहाँले बताउनुभयो । 

पुस्तकलाई संसार चिहाउने आँखीझ्याल बताउनुहुने सिद्धहस्त साहित्यकार मैनालीलाई जीवन बुझाउने, दर्शन, सिद्धान्त र विचारमा गहकिला र ओझिला पुस्तकहरुप्रति प्रेम छ । राम्रा पुस्तकहरु खोजी खोजी पढ्ने उहाँ सानैदेखि पुस्तकको लती बन्नुभयो । अचेल त झन् त्यो लत बढ्दै गएको उहाँले बताउनुभयो ।

युवाहरुले नेपाललाई विश्व चिनाउने पुस्तकहरु लेख्नुपर्ने, प्रविधिलाई पुस्तक पढ्नका लागि समेत सदुपयोग गर्नुपर्ने भन्दै आफूलाई मनपर्ने लेखकहरुको सूची समेत हामीलाई प्रस्तुत गर्नुभयो । साहित्यमा हालसम्म १० वटा पुस्तक प्रकाशन गर्नुभएका उहाँ अब चाँडै समालोचना प्रकाशनको तयारीमा रहनुभएको छ । लेखनलाई जीवनबोधसँग जोड्ने उनै चिरपरिचित लेखक मैनालीसँग आज अप्रिल २३ अर्थात् विश्व प्रतिलिपि अधिकार तथा विश्व पुस्तक दिवसको सन्दर्भ पारेर भिडियो संवाद गरेका छौं । 

नेपाल सरकारका पूर्व सचिव समेत रहनुभएका साहित्यकार मैनालीसँग उहाँको निवासमा पुस्तकको महत्व, आजकालका पुस्तक, उहाँको पुस्तक लगाव, प्रेरणा, हालसम्म प्रकाशित कृति र अब प्रकाशनको योजना, नेपाली र विदेशी साहित्यको अवस्था आदि विविध आयाममा केन्द्रित रहेर भिडियो संवाद गरेको थियो । उक्त संवादको सम्पादित अंश यहाँ प्रश्तुत गरिएको छ:

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार