काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयले आफ्ना मातहतका विद्यापीठ (क्याम्पस) मा प्राध्यापनरत प्राध्यापकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विश्वविद्यालय अनुदान आयोगको विशेष सहयोगमा ‘पेशागत क्षमता विकास तालिम-२०८३’ आयोजना गरेको थियो । वाल्मीकि विद्यापीठ र विन्दवासिनी विद्यापीठका विभिन्न विभागका प्रतिनिधि ३० जना प्राध्यापकहरूको सक्रिय सहभागिता गराई मिति २०८३ वैशाख ४ गते देखि १० गते सम्म धुलिखेलस्थित तालिम केन्द्रमा आवासीय सुविधासहित दिइएको सप्ताहव्यापी प्रशिक्षणको आज समापन भएको छ ।
२०८३ वैशाख ४ गते समुद्घाटन समारोहमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालको प्रमुख समुपस्थिति एवम् शिक्षाध्यक्ष प्राध्यापक भोजराज पन्त, नेसंवि. केन्द्रीय प्राध्यापकसंघका पूर्वसभापतिद्वय प्रा.डा. शान्तिकृष्ण अधिकारी, प्राध्यापक शम्भुराज गौतम, उपसभापति विष्णु पन्थी, महासचिव डा. नारायण बराल लगायतको विशेष उपस्थिति रहेको थियो ।
समुद्घाटन सत्रमा समुपास्थित अतिथिलगायत विश्व-विद्यालयका उपकुलपतिबाट सहभागी प्राध्यापक सबैलाई उत्साहपूर्वक भाग लिन अनि प्रशिक्षणमा सिकेका सिकाइ सिद्धान्तलाई कक्षाकोठामा प्रभावकारी ढङ्गले उपयोग गर्न शुभकामना व्यक्त गरिएको थियो । विभिन्न सत्र तथा चरणमा विभक्त प्रशिक्षणको प्रथम सत्रमा त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक डा. ध्रुवप्रसाद निउरे प्रशिक्षकका रुपमा समुपस्थित हुनुभएको थियो र डा.निउरेबाट पाठ्यक्रम निर्माणको डिजाइन, पाठ्यक्रमको स्वरूप, पाठ्यक्रमका तत्त्व, पाठ्यक्रम सम्बन्धी अवधारणा, विश्वविद्यालयको ध्येय तया लक्ष्यपूर्तिका लागि पाठ्यक्रमको तारतम्य उपलब्धिकेन्द्रित शिक्षण, विश्वविद्यालयका प्राध्यापकबाट गरिएका अपेक्षा तथा काम, कर्तव्य, ब्लुमका दृष्टिमा शैक्षिक उद्देश्यको वर्गीकरण, उच्चतहका संज्ञानात्मक सीप (HOTS) र निम्नतहका संज्ञानात्मक सीप (LOTS) को स्वरूप, पाठ्यक्रमका समतलीय र लम्बीय सङ्गठन आदि विषयमा कार्यमूलक प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षणको द्वितीय दिवसमा काठमाडौं विश्वविधालयका प्राध्यापक डा. हेमराज काफ्लेद्वारा ‘तहगत अनुसन्धानका स्वपरूप र ढाँचा’ अनुसन्धानका सिद्धान्त, अनुसन्धानका आयाम र क्षेत्र, शिक्षण तथा सिकाइको विद्वत्तापूर्ण कार्यआदि विषयमा र नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धानकेन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेलद्वारा ज्ञानको संश्लेषण र विश्लेषण मोडेल अफ मेन्टर सिप एण्ड सुपरभाइजरी स्टाइल, प्रपोजल डेभ्लप्मेन्ट एण्ड मेथोडोलोजिकल गाइडेन्स, अनुसन्धानका पक्ष, मार्गदर्शक र निर्देशक को स्वरूप, सुपरभाइजर मेन्टरको भूमिका, शोधप्रस्तावको स्वरूप, प्रकार ढाँचा आदि विषयमा प्रशिक्षण दिइएको थियो । त्यसैगरी त्रिभुवन विश्वविद्यालयका प्रा.डा. वासुदेव काफ्ले, काठमाडौं विश्वविद्यालय का प्राध्यापक डा. वासु सुवेदी, केयुकै अनुसन्धानविद् प्रा.डा.प्रकाशचन्द्र भट्ट, त्रिभुवन विश्वविद्यालयका प्रविधिविद् डा. वेदप्रसाद ड्ढकाल, नेसंविका डा. राजकुमार साउद आदिद्वारा प्रशिक्षण प्रदान गरिएको थियो ।
एकहप्ते पेशागत क्षमता विकास तालिमको समापन २०८३ वैशाख १० गते भएको थियो । समापन समारोहको सभाध्यक्षता प्रशिक्षण कार्यक्रम व्यवस्थापन समितिका संयोजक डा। राजकुमार साउदद्वारा गरिएको थियो भने प्रमुख आतिथ्य संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक भोजराज जोशीको रहेको थियो । विश्वविद्यालयका कुलसचिव प्राध्यापक माधव अधिकारी, नेसंवि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा।डा। सुधन पौडेल, केन्द्रीय प्राध्यापक संघका उपसभापति विष्णु पन्थीको विशेष आतिथ्यता रहेको थियो । समापनसत्रमा सहप्रा.डा. माधवप्रसाद लामिछानेद्वारा सहभागीका तर्फबाट प्रशिक्षणको उपयोगितामूलक प्रयोग गर्ने प्रतिबद्धतासहित स्वागत मन्तव्य राखिएको थियो । सहभागी प्रशिक्षार्थीका रूपमा सहप्रा।डा। गणेशप्रसाद धिमिरेद्वारा समग्र प्रशिक्षणको मूल्याङ्कन गर्दै अन्य भन्दा विशिष्ट प्रकृतिको संस्कृत विश्वविद्यालयप्रति सम्बद्ध सबैलाइ सकारात्मक धारणा बनाउँन जोड दिइएको थियो ।
समारोहमा कालिका विद्यापीठका प्राचार्य तथा प्रशिक्षणका रिपोर्टर डा.केशव चालिसेले प्रशिक्षणको प्रतिवेदन पेस गरिएको थियो भने समारोहको उद्घोषण तथा सहजीकरण विश्वविद्यालयका प्रशासक नवीन पोखरेल र उपप्राध्यापक उत्तम पौडेलद्वारा गरिएको उक्त समारोहमा विशिष्ट अतिथि प्राध्यापक संघका उपसभापति विष्णु पन्थीद्वारा विश्वविद्यालयका स्तम्भका रूपमा रहेका प्राध्यापकहरू विश्वविद्यालयको उद्देश्य परिपूर्तिका साथै समाजका आवश्यकता परिपूर्तिका लागि नित्यनिरन्तर अध्ययन अनुसन्धान गर्दै नवप्रवर्तनमा लाग्नु पर्ने धारणा अभिव्यक्त भएको थियो ।
अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुदन पौडेलबाट देशको प्रगति तथा उत्थानमा शिक्षक प्राध्यापकको सर्वस्वीकार्य मार्गदर्शक भूमिका भएकाले त्यो यात्रातर्फ आफूलाई माझ्न र तिखार्न लागौँ भन्दै उक्त समारोहमा विमोचित अनुसन्धानमूलक ऋतम्भरा पत्रिका अब अर्धवार्षिकरूपमा नियमित प्रकाशन गर्ने प्रतिबद्धतासहित सबै प्राध्यापकलाई अनुसन्धानमूलक स्तरीय लेखरचना लेख्नका लागि उत्प्रेरित गरिएको थियो ।
विश्वविद्यालयका कुलसचिव प्राध्यापक माधव अधिकारीद्वारा प्राध्यापकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित प्रशिक्षणद्वारा प्रशिक्षित समस्त प्राध्यापकले विश्वविद्यालयको समुत्थानका लागि सकारात्मक सोचको विकासमा योगदान दिनु पर्ने, विश्वविद्यालयको पहिचान उज्ज्वल राख्न सबै पक्ष एक हुनु पर्ने र सबै विभागबाट युजिसीमा अनुसन्धानमूलक कार्य गर्न र विभिन्न प्रकारका प्रशिक्षण गर्न प्रपोजल राख्दै जानु पर्नेतर्फ ध्यानाकर्षण गराउँदै साप्ताहिक सिकाइ उपलब्धिमूलक बन्न सकोस् भन्ने शुभकामना व्यक्त भएको थियो ।
समारोहका प्रमुख अतिथि तथा शिक्षाध्यक्ष प्राध्यापक भोजराज जोशीद्वारा विश्वविद्यालयको समग्र उत्थानमा प्राध्यापकवर्गले नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले प्राध्यापकको क्षमता विस्तारमा यसकिसिमको प्रशिक्षण कार्यक्रम सम्पन्न गर्न आर्थिक सहयोग उपलब्ध गराउने विश्वविद्यालय अनुदान आयोगप्रति, विभिन्न विश्वविद्यालयबाट समुपस्थित विषयविज्ञ प्रशिक्षक प्राध्यापकप्रति, उत्साहका साथ साप्ताहिक प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी समस्त प्राध्यापकवर्गप्रति, समन्वय र व्यवस्थापनमा सहयोग पुर्याउने कर्मचारीमित्रप्रति, विश्वविद्यालयका उपकुलपति, कुलसचिवलगायत पदाधिकारीप्रति, प्राध्यापक संघप्रति र सहयोगी समस्त हातप्रति सधन्यवाद आभार मन्तव्य राखिएको थियो र अन्तमा सहभागी सबै प्रशिक्षार्थीलाई प्रमुख अतिथिका हातबाट प्रमाण(पत्र वितरण गर्दै समारोहको समापन गरिएको थियो ।
संस्कृत विश्वविद्यालयमा प्राध्यापनरत प्राध्यापकको क्षमता अभिवृद्धिका लागि यस्ता प्रशिक्षण समय समयमा भइरहनु पर्ने , समयानुकूल पाठ्यक्रम विकास तथा शिक्षण विधि परिष्कार र परिमार्जन गर्दै लानुपर्ने, विश्वसमुदायमा संस्कृत विश्वविद्यालयको साख जोगाउन र पहिचान दिलाउन सबैपक्ष एकजुट हुनुपर्ने र अध्ययन अध्यापन तथा नित्यनिरन्तर अनुसन्धान कार्यमा प्राध्यापकवर्ग तल्लीन हुनुपर्ने सार प्रशिक्षण समारोहका सहभागी मध्येका एक प्रशिक्षार्थी वाल्मीकि विद्यापीठ, वेदान्त विभागका उपप्राध्यापक डा.उमेशप्रसाद घिमिरेबाट प्रतिक्रिया अभिव्यक्त भएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com