Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

१९ स्रष्टालाई प्रज्ञा पुरस्कार २०८२ प्रदान

१९ स्रष्टालाई प्रज्ञा पुरस्कार २०८२ प्रदान

ठमाडौँ, २०८३ वैशाख १७ । नेपाल प्रज्ञा प्रतिष्ठानले भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र  र सामाजशास्त्र लगायत  विधामा साधनारत १९ विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार २०८२ प्रदान गरेको छ ।
 प्रज्ञा प्रतिष्ठानका कुलपति राईले जनही १,०००००र (एक लाख) राशि रहेको प्रज्ञा पुरस्कार १२ जनालाई  र रू ५०,००० (पचास हजार) राशि रहेको प्रज्ञा प्रादेशिक पुरस्कार ७ जनालाई समर्पण गर्नुभएको थियो ।

प्रज्ञा पुरस्कार २०८२ मा समालोचनातर्फ प्रा.डा.अभि सुवेदी, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, गद्यसाहित्यतर्फ आहुति, भाषातर्फ प्रा.मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा.डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार ,संस्कृतितर्फ प्रा.डा.सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग,अनुवादतर्फ डा.सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत), मातृभाषा (हिमाली पहाडी) तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेश तराई) तर्फ अमरेन्द्रकुमार यादवलाई प्रज्ञा पुरस्कार २०८२ समर्पण गरिएको थियो ।

प्रज्ञा प्रतिष्ठानले पहिलोपटक स्थापना गरेको रू ५०,००० (पचास हजार) राशि रहेको प्रज्ञा प्रादेशिक पुरस्कार २०८२ कुलपति राईले कोसी/१ नम्बर प्रदेशतर्फ मलिसा याक्थुम्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ), मधेस प्रदेशतर्फ मुना चौधरी, बागमती प्रदेशतर्फ शान्ति प्रिय बन्दना, गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर, कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य, सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल सोडारी लाई समर्पण गरिएको थियो।

664231923_1465827595033747_6831635051264555828_n (2).jpg

सभाध्यक्ष तथा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले समारोहलाई सम्बोधन गर्दै भाषा ,साहित्य ,संस्कृति र समाजशास्त्र लगायतका ज्ञानका विविध आयाममा साधनारत प्रतिनिधिमूलक प्रतिभालाई प्रज्ञा पुरस्कार दिन पाएकामा गौरवबोध भएको बताउनुभएको थियो । उहाँले प्रज्ञा पुरस्कारबाट पुरस्कृत स्रष्टा आहुतिले भने जस्तै पुरस्कार भनेको वर्गीय राजनीति नै हो भन्ने ठोकुवा गर्नुभएको थियो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले प्रज्ञा पुरस्कारबाट  पुरस्कृत स्रष्टा बारे बधाई मनतव्य राख्नुभएको थियो ।

यस्तै , प्रज्ञा पुरस्कारबाट पुरस्कृत व्यक्तित्व प्रा.डा.अभि सुवेदी ,आहुति ,डा.डम्बर चेम्जोङ र सुशीला प्रधानाङ्गले आआफ्नो मनतव्य प्रस्तुत गर्नुभएको थियो ।प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीको उद्घोषण रहेको थियो ।

678339358_1337457631614603_4658425044649762516_n.jpg
undefined

प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारीले प्रज्ञा पुरस्कारका बारेमा, प्राज्ञ परिषद् सदस्य तथा समालोचना, साहित्येतिहास विभाग प्रमुख डा. मधुसूदन गिरीले प्रज्ञा पुरस्कारबाट पुरस्कृत स्रष्टाका बारेमा मन्तव्य राख्नुभएको थियो । प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य तथा पद्य रकाव्य विभाग प्रमुख बाबा बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो । (सम्प्रेषण प्राज्ञ चेतनाथ धमला)

664231923_1465827595033747_6831635051264555828_n (2).jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार