काठमाडौँ | नेपाली साहित्य र सञ्चार क्षेत्रमा सक्रिय व्यक्तित्व प्रदीप सापकोटा यस वर्षको ‘बी.डी. त्यागी प्रतिभा सम्मान’ बाट सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित एक विशेष समारोहका बीच उनलाई सो सम्मान अर्पण गरिएको हो ।
समर्पण र स्मृति
साहित्यिक साधनालाई नै जीवनको ध्येय बनाएर पनि चर्चाको परिधिभन्दा टाढा रहन रुचाउने दिवंगत साहित्यकार बी.डी. त्यागीको स्मृति दिवसको अवसरमा सो सम्मान प्रदान गरिएको हो । बी.डी. त्यागी स्मृति केन्द्रद्वारा आयोजित कार्यक्रममा केन्द्रकी संरक्षक गौरी आचार्य, वरिष्ठ साहित्यकार बेदमणी घिमिरे, उपन्यास समाजका अध्यक्ष शंकर भारती तथा साहित्यकार वाजुराम पौडेल लगायतका अतिथिहरूले सापकोटालाई संयुक्त रूपमा सम्मान प्रदान गर्नुभयो ।
काभ्रेको पनौती निवासी स्रष्टा सापकोटाले नेपाली साहित्यका विभिन्न विधामा मजबूती पकडका साथ उल्लेखनीय योगदान दिएका छन् ।
सापकोटा निबन्ध, नियात्रा, समीक्षा, कविता, मुक्तक र लघुकथा जस्ता विधामा निरन्तर कलम चलाउँदै आएका उनले साहित्यका विविध विषयमा निरन्तर कलम चलाउँदै आएका छन् । सुनकोशी वाङ्मय प्रतिष्ठानका महासचिवका रूपमा समेत क्रियाशील रहेका सापकोटाका यात्राका इन्द्रेणी रङ्ग (नियात्रा),यात्राको लय (नियात्रा),मनको वारपार (निबन्ध) सङ्ग्रह प्रकाशित छन् ।
उक्त कार्यक्रममा बी.डी.त्यागी स्मृति केन्द्रले यो वर्षको नेपथ्य सम्मान गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाललाई, योगदान सम्मान साहित्यकार तथा पत्रकार नरनाथ लुइँटेललाई, स्मृति सम्मान साहित्यकार तथा पत्रकार महेन्द्र चालिसेलाई, स्मृति पुरस्कार साहित्यकार तथा हास्यव्यङ्ग्यकार देवीप्रसाद चापागाईंलाई, र गौरी त्यागी स्रष्टा जीवन साथी सम्मान स्रष्टा श्रीओम श्रेष्ठ रोदनको जीवन सङ्गिनी ललिता श्रेष्ठलाई अर्पण गरिएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com