Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

खुल्ला राष्ट्रिय निबन्ध प्रतियोगिता गर्दै जी.पी. कोइराला मेमोरियल कलेज

खुल्ला राष्ट्रिय निबन्ध प्रतियोगिता गर्दै जी.पी. कोइराला मेमोरियल कलेज

काठमाडौं । काठमाडौंको चाबहिलस्थित जी.पी.कोइराला मेमोरियल (सामुदायिक) कलेजले नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको १०३ औं जन्मजयन्तीको अवसरमा खुला राष्ट्रिय निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपाली लेखक संघको सहकार्यमा निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको जानकारी कलेजले गराएको छ । नेपालमा लोकतन्त्र र शान्ति स्थापनाका लागि गिरिजाप्रसाद कोइरालाको ऐतिहासिक योगदान विषयक निबन्ध प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुनेलाई पुरस्कार बापत क्रमशः २० हजार, १५ हजार तथा १० हजार रुपैयाँ प्रदान गरिने कलेजले जनाएको छ ।

प्रतियोगी निबन्ध नेपाली भाषामा कम्तीमा १,५०० शब्द र बढीमा ३५०० शब्दको हुनुपर्नेछ भने पूर्ण रूपमा मौलिक र अन्यत्र कतै प्रकाशित वा प्रसारित नभएको हुनुपर्नेछ ।

पुरस्कार विजेताहरुलाई असार १८ गते कलेजको वार्षिक उत्सवको तथा गिरीजा प्रसाद कोइरालको जन्मजयन्तीको अवसरमा सम्मानित गरिने क्याम्पस प्रमुख शिवप्रसाद अधिकारीद्वारा प्रेषित सूचनामा उल्लेख छ । प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण नेपाली नागरिकहरूलाई असार १५ गतेसम्ममा दिइएको ईमेल वा भौतिक रुपमा कलेज प्रशासनमा बुझाउन सूचनामार्फत हार्दिक आह्वान समेत गरिएको छ । 

WhatsApp Image 2026-06-17 at 13.34.02.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार