धर्तीबाट जून
धर्तीबाट जून टाढा भए पनि अध्यारोलाई दिन्छ सहारा
तिमी छैनौ जिवनमा चल्दैन यो मुटु बिना तिम्रो इशारा
ताराहरु सोध्छन् किन आँखा तिम्रा रसिला छन्
जवाफ छैन मसग तिम्रै याद मात्र कसिला छन्
हृदयको पानाभरी त्यो अमरकथा लेखिनेछ
हाम्रो साथसाथ मिल्यो भने दह्रो पाउ टेकिनेछ
दुनियाँको कुरा छैन तिम्रो यादमा छाती चर्किन्छ
मुहारको हिस्सी तस्बिर नबिझाउने गरी बर्सिन्छ
आखाको नानी तिमी, तिमी नै सुन्दर सन्सार हौ
जिन्दगीको सार तिमि तिमी नै खुसीको बहार हौ।
'कुमारी माया' गीत सङ्ग्रहका कृतिकार निरुपम श्रेष्ठ हुन् । कृति कुमारी माया (गीतसंग्रह) हो । यस भन्दा अघि उहाँको दुई ओटा कविता सङ्ग्रह बजारमा आएको छ। यस संग्रहभित्र गीतकार श्रेष्ठका ७५ वटा मर्मस्पर्शी गीतहरू समेटिएका छन्। आफ्नो समाजको भोगाइ, अनुभूति, कल्पना र संगत-असंगतलाई नै उहाँले प्रस्तुत गर्नुभएको छ। यसै सङ्ग्रहबाट उहाँको गीत
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com