Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’ भुवनहरि सिग्देललाई प्रदान गरिने

यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’ भुवनहरि सिग्देललाई प्रदान गरिने

काठमाडौं । नेपाली शिक्षा परिषद्को प्रबन्ध समितिको हालै बसेको बैठकले यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’ महाकाव्यकार भुवनहरि सिग्देललाई प्रदान गर्ने निर्णय गरेको छ। परिषद्का अध्यक्ष रमा शर्मा को सभापतित्वमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।

पुरस्कारको राशि रु. १ लाख २५ हजार रहेको परिषद्ले जनाएको छ।

राष्ट्रिय विभूति आदिकवि भानुभक्तको २१३औँ जयन्ती का अवसरमा असार २९ गते बिहान भानु माध्यमिक विद्यालय, रानीपोखरी अगाडि स्थापित आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण कार्यक्रम सम्पन्न हुनेछ। त्यसपछि अपराह्न लेखनाथ साहित्य सदन, सोह्रखुट्टे, काठमाडौँ मा आयोजित विशेष समारोहमा महाकाव्यकार भुवनहरि सिग्देललाई ‘आदिकवि भानुभक्त पुरस्कार’ समर्पण गरिने कार्यक्रम रहेको छ।

नेपाली शिक्षा परिषद्ले २०५२ सालदेखि प्रत्येक वर्ष भानु जयन्तीका अवसरमा ‘आदिकवि भानुभक्त पुरस्कार’ प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार