काठमाडौं । देवचुली १४ (ब.सु.पू) नवलपुरस्थित मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि.राष्ट्रिय सहकारी महासंघबाट पुरस्कृत भएको छ । मध्य नेपाल साकोसले १०४ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा गण्डकी प्रदेशमध्येबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०८२ प्राप्त गरेको हो । महासंघद्वारा आज आयोजित समारोहमा मध्य नेपाल साकोसलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो । संस्थाका तर्फबाट अध्यक्ष तुलमणी पौडेल तथा प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसाल लगायतको टोलीले सम्मान ग्रहण गरेको थियो ।
मध्य नेपाल साकोसले बचत तथा ऋणको माध्यमबाट सदस्यहरुलाई सेवा प्रवाह गरी सदस्यहरुको आर्थिक सामाजिक उन्नयनमा उल्लेख्य योगदान पुर्याए बापत पुरस्कृृत गरिएको महासंघले जनाएको छ । 'सदस्यको छहारी, मध्य नेपाल सहकारी' भन्ने परिकल्पना बोेकेको उक्त साकोसको हालको कुल सम्पत्ति १ अर्ब ७० करोड बढी छ भने १४ करोड बढी शेयर पुँजी, १ अर्ब ३० करोड बढी कुल बचत तथा १ अर्ब २१ करोड बढी ऋण लगानी छ । साकोसका कुल संस्थागत पुँजी १२ करोड बढी छ भने हाल २४ प्रतिशत तरलता छ । २७ हजार बढी शेयर सदस्य रहको मध्य नेपाल साकोस विगतमा एक्सेस ब्राण्ड प्राप्त गरि समुदायमा छाप छोड्न सफल सदस्य केन्द्रित संस्था हो ।
यसैबीच, मध्य नेपाल साकोसले संस्थालाई सदस्य तथा सरोकारवालाहरुबाट निरन्तर प्राप्त साथ, सहयोग र समर्थनका लागि कृतज्ञता व्यक्त गरेको छ । साकोसले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सम्मानका हकदार सम्बद्ध सबै भएको जनाएको छ । फेसबुक पोष्टमा भनिएको छ, 'राष्ट्रिय सहकारी महासंघ लि. नेपालद्वारा गण्डकी प्रदेश उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०८२ बाट सम्मानित हुनु यस मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. का सम्पूर्ण शेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उप समिति, कर्मचारी परिवार तथा सम्पूर्ण शुभेच्छुकहरूको साझा गौरव हो। यस ऐतिहासिक उपलब्धि प्रदान गर्ने राष्ट्रिय सहकारी महासंघ लि. नेपाल प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं।
संस्थालाई निरन्तर विश्वास, साथ, सहयोग र प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण शेयर सदस्य, नियामक निकाय, स्थानीय तह, सहकारीकर्मी, शुभेच्छुक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्नुहुने सबै महानुभावप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
यो सम्मान हाम्रो अन्तिम गन्तव्य होइन, अझ जिम्मेवार, पारदर्शी, प्रविधिमैत्री, उत्तरदायी र सदस्यकेन्द्रित सेवा प्रवाह गर्दै सहकारी अभियानमा उत्कृष्टताको नयाँ उचाइ हासिल गर्ने प्रेरणा हो। यो सम्मान विशेषतः शेयर सदस्यज्युहरुको देन हो। तपाईंहरूको विश्वास नै हाम्रो सबैभन्दा ठूलो पुरस्कार हो।'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com