Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

भानु जयन्तीको अवसरमा वाचन गरिए पशुअधिकारसम्बन्धी कविताहरु

भानु जयन्तीको अवसरमा वाचन गरिए पशुअधिकारसम्बन्धी कविताहरु

काठमाडौं । २१३औं भानु जयन्तीको अवसरमा अभिनव साहित्य समाजको आयोजना तथा असहाय गाईबाच्छा संरक्षण अभियानको सहआयोजनामा पशुअधिकार विशेष कवि गोष्ठी आयोजना गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित अभियानको सभाहलमा पहिलो पटक आयोजित साहित्यक कार्यक्रममा ३३ जना कविले पशुअधिकारका विषयमा सचेतना जागृत गराउने तथा अधिकार हनन गरेकाहरुलाई खबरदारी गर्ने खालका कविता तथा रचना प्रस्तुत गर्नुभएको थियो ।

_DSC7413_11zon.jpg
undefined

कार्यक्रमका प्रमुख अतिथि महानायाधिवक्ता नारायणदत्त कँडेल रहनुभएको थियो । अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्यालले सभापतित्व गर्नुभएको कार्यक्रममा गाईबाच्छा संरक्षण अभियानका संरक्षक उत्तम पुडासैनीले स्वागत मन्तव्य राख्दै साहित्यिकारहरु अत्यन्तै सिर्जनशील र चेतनशील व्यक्तिहरु हुने भएकाले पनि उहाँहरुमार्फत पशुअधिकारका विषयमा सचेतना जगाउने कार्यक्रम राख्न लामो समयदेखिको इच्छा आज पूरा भएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि महान्यनयाधिवक्त कँडेल, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि र उपाध्यक्ष विमल अर्यालले रूद्राक्षका तीनवटा विरूवा सारी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । आजको कार्यक्रमको सञ्चालनमेनका पोखेल आचार्यले गर्नुभएको थियो ।  

_DSC7409_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार