Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बजेट विनियोजन कुशलता तथा कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न आग्रह

बजेट विनियोजन कुशलता तथा कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न आग्रह

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट विनियोजन कुशलता तथा कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ को उपदफा ३ मा गाउँपालिका र नगरपालिकाले योजना तर्जुमा गर्दा आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने, उत्पादनमूलक तथा छिटो प्रतिफल दिन सकिनेलगायतका १० वटा प्राथमिकता तय गरेको छ ।

सोही प्राथमिकताका आधारमा विनियोजन कुशलता र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न मन्त्रालयले आग्रह गरेको हो ।

स्थानीय तहले योजना बनाउन संघीय सरकार, प्रदेश सरकारको नीति, लक्ष्य, उद्देश्य, समयसीमा र प्रक्रियासँग अनुकूल हुने गरी सुशासन कायम गर्नुपर्ने व्यवस्था छ । यस्तै, वातावरण संरक्षण, जलवायु परिवर्तनजस्ता अन्तरसम्बन्धित विषयलाई पनि ध्यान दिनुपर्ने प्रावधान छ । 

योजना तर्जुमा, बजेट विनियोजन, सोको प्रभावकारी कार्यान्वयनमार्फत स्थानीय तहको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमार्फत नागरिकको अधिकतम हित सुनिश्चित गरिनुपर्ने व्यवस्थाको मन्त्रालयले ध्यानाकर्षण गराएको छ । 

स्थानीय तहमा प्राप्त हुने बजेट बृहत्तर हितका विषयमा केन्द्रित रही स्थानीय सरकार सञ्चालन ऐन र अन्य प्रचलित कानुनको परिधिभित्र रही वित्तीय अनुशासन कायम राख्न मन्त्री स्तरीय निर्णयमार्फत अनुरोध गरिएको मन्त्रालयले जनाएको छ । 

Notices-20260731195203524_page-0001_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार