काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) को अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसअनुसार प्रधानमन्त्रीले साउन २० गते तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य(सचिव र परिषद् सदस्य नियुक्त गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यद्धारा जारी विज्ञप्ति अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका कुमार नगरकोटी र उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ नियुक्त हुनुभएको छ ।
सदस्य सचिवमा रुपन्देहीका रोशन शेरचन नियुक्त हुँदा परिषद् सदस्यमा काठमाडौँकी प्रतिसरा मानन्धर, दाङका कृष्ण राज चौधरी, तेह्रथुमकी सीता सुब्बा, कास्कीका तीर्थ बहादुर गुरुङ, सिराहाकी रुपा कुमारी, दाङका नवीन नेपाली, काभ्रेका दीपक सापकोटा र सुर्खेतका दुर्गा बहादुर घर्ती नियुक्त हुनुभएको छ ।
त्यस्तै, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ललितपुरकी एरिणा ताम्राकार र उपकुलपतिमा ललितपुरका चन्द्र श्याम डंगोल नियुक्त हुनुभएको छ । सदस्य सचिवको जिम्मेवारी दोलखाका कैलाश कुमार श्रेष्ठले पाउनुभएको छ ।
सो प्रतिष्ठानको परिषद् सदस्यमा काठमाडौँका जुपिटर प्रधान, झापाका कुबिर देवान, ललितपुरका संगी श्रेष्ठ, बाँकेका धुव्रराज शर्मा, सिराहाका ओम प्रकाश यादव र ललितपुरकी विणा पौड्याल नियुक्त हुनुभएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा काठमाडौँका ब्रजेश खनाल र उपकुलपतिमा ताप्लेजुङकी झुमा वनेम नियुक्त भएका छन्। सदस्य(सचिवमा मोरङका भूपेन्द्र सिंह रायमाझी नियुक्त हुनुभएको छ ।
उक्त प्रतिष्ठानको परिषद् सदस्यमा झापाका छेन्दोक हाङ राई, भक्तपुरका जीत बहादुर देउजा, ललितपुरकी सुबिमा श्रेष्ठ, बर्दियाकी सरस्वती चौधरी, भोजपुरका राजन मुकारुङ, धादिङकी रेखा शाह गुरुङ नियुक्त हुनुभएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com